काठमाडौं । नेपालमा पहिलोपटक ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ निर्माण हुने भएको छ। ओपन डोर्स इन्टरटेनमेन्ट प्रालिको निर्माणमा तयार हुन लागेको कार्यक्रमको बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो।
हास्यव्यङ्ग्यमा आधारित यस रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’को भूमिकामा देखिनुहुनेछ।
त्यस्तै, नेपाली चलचित्र तथा हास्य क्षेत्रमा स्थापित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नुहुनेछ।
कार्यक्रमका लागि देशका पाँच प्रमुख सहरमा अडिसन आयोजना गरिने निर्माण पक्षले जनाएको छ। निर्धारित तालिकाअनुसार साउन २९ गते दमकको कदम थिएटर, साउन ३१ गते नारायणगढको राइनो वाटर होटल, भदौ २ गते नेपालगञ्जको सिद्धार्थ होटल, भदौ ४ गते पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ।
भौतिक रूपमा अडिसन स्थलमा उपस्थित हुन नसक्ने तथा विदेशमा रहेका नेपालीभाषी प्रतिभाका लागि डिजिटल अडिसनको समेत व्यवस्था गरिएको छ।
अडिसनबाट छनोट हुने उत्कृष्ट ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन्।
‘सुपर कमेडी लिग’ मुख्यतः समूहमा आधारित प्रतिस्पर्धा हुनेछ। कार्यक्रममा एउटै स्क्रिप्टमा कम्तीमा दुई वा सोभन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनुपर्नेछ। स्केच, स्किट तथा ड्रामेडी अर्थात् ड्रामा र कमेडीको मिश्रित शैलीमा आधारित कार्यक्रमको मुख्य उद्देश्य परम्परागत कमेडियन मात्र नभई उत्कृष्ट ‘कमेडी एक्टर’को खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताउनुभयो।
नेपाल आइडल, सारेगमपा लिटिल च्याम्प्स, बुगी वुगी तथा मेरो भ्वाइस युनिभर्सजस्ता ठूला रियालिटी शो निर्देशन गरिसक्नुभएका निर्देशक श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनकै ‘प्रिमियम कमेडी रियालिटी शो’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनका साथै ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। कार्यक्रमका पर्दापछाडिका गतिविधि भने सारङ्गी मिडियामार्फत हेर्न सकिने निर्माण पक्षले जनाएको छ।
सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको यो पारिवारिक मनोरञ्जनात्मक कार्यक्रम भदौको अन्तिम सातादेखि नियमित प्रसारण हुने जनाइएको छ।
अनुभवी प्राविधिक टोली, स्थापित कलाकार तथा मेन्टर र नयाँ प्रतिभाको संयोजनले नेपाली दर्शकलाई फरक स्वादको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण पक्षले लिएको छ।






बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,
‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः