बैतडी। बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ। यो कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो।
कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहका अनुसार गत आर्थिक वर्षमा रु ९० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा रु १५ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो।
उहाँका अनुसार कार्यालयले सङ्कलन गरेको राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो। कार्यालयबाट गत आर्थिक वर्षमा निर्यात भने शून्य रहेको उहाँले जानकारी दिनुभयो।
कार्यालयका अनुसार भन्सार महसुलबाट रु २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट रु दुई लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु २१ लाख ४२ हजार १५५, अन्तःशुल्कबाट रु एक लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट रु ५४ लाख ६१ हजार १७३ राजस्व सङ्कलन भएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि कार्यालयले रु ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा महाकाली भन्सार कार्यालयले रु एक करोड पाँच लाख राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकामा रु ७७ लाख ७० हजार मात्रै सङ्कलन गरेको थियो।
कार्यालय प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै झुलाघाट नाकाबाट हुने आयात क्रमशः घट्दै गएको छ।







विवाहित महिलातर्फ युवा किन आकर्षित
भीमदत्तमा सिँढीबाट लडेर युवकको मृत्यु
देशका विभिन्न स्थानमा सडक अवरुद्ध,
यस्तो छ आजका लागि कृषि
भैँसेपाटीका मन्त्री आवास असोजभित्रै तयार
राष्ट्रिय उद्योग पुनर्जीवनको दाबी गर्दै