काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात निरन्तर बढिरहेकाले अनावश्यक रूपमा सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
भारतबाट एलपी ग्यासको आयात सहज हुनुका साथै उद्योगबाट सिलिण्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेको भन्दै सङ्घले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको हो।
सङ्घका अध्यक्ष दिवानबहादुर चन्दद्वारा आज जारी विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको अभावको समस्या तत्काल समाधान हुने उल्लेख छ।
“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन,” विज्ञप्तिमा भनिएको छ।
नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशालाबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र पछिल्लो समय आयात करिब १५ प्रतिशतले बढेको सङ्घले जनाएको छ।
निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ। यही आधारमा चालु आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।
उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको जनाउँदै सङ्घले घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न बिक्रेतालाई समेत आग्रह गरेको छ।







नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,