काठमाडौं । बलिउडका लोकप्रिय प्लेब्याक सिंगर शान्तनु मुखर्जी (शान) नेपालमा सांगीतिक प्रस्तुति दिन आउने हुनुभएको छ । आगामी भदौ ६ गते काठमाडौंको ठमेलस्थित ‘क्लब नोभा’मा शानले सांगीतिक प्रस्तुति दिने हुनुभएको छ । कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन दिनुहुनेछ ।
नेपाल आउनुअघि शानले नेपाली दर्शक तथा आफ्ना प्रशंसकलाई भिडियो सन्देशसमेत पठाउनुभएको छ । भिडियो सन्देशमार्फत उहाँले आफू नेपाल आउन लागेको जानकारी दिँदै नेपाली दर्शकका लागि आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने बताउनुभएको छ ।
९० को दशकदेखि वर्तमान युवा पुस्तामाझ समेत लोकप्रिय रहनुभएका शानलाई सांगीतिक कार्यक्रमका लागि ‘नेपाली टच’ले नेपाल ल्याउन लागेको हो । कार्यक्रममा शानले आफ्ना सर्वाधिक रुचाइएका गीत ‘मुसुमुसु हाँसिदेऊ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्ने जनाइएको छ । शानका ‘चाँद सिफारिस’, ‘जब से तेरे नैना’, ‘दिवानगी’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’लगायत गीत पनि संगीतप्रेमीमाझ लोकप्रिय छन् ।







नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार