काठमाडौं । ‘मिस नेपाल वर्ल्ड’ लुना लुइँटेल यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न भियतनाम प्रस्थान गर्नुभएको छ । भियतनाममा आयोजना हुने प्रतियोगितामा विश्वका १२० देशका सुन्दरीले सहभागिता जनाउँदै छन् । लुइँटेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरेका थिए ।
भियतनाम प्रस्थान गर्नुअघि लुइँटेलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उँचो राख्न सक्दो प्रयास गर्ने बताउनुभयो । प्रतियोगितालाई लिएर आफू उत्साहित रहेको उल्लेख गर्दै उहाँले नेपालको पहिचान र संस्कृति अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने अवसरका रूपमा यसलाई लिएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लुइँटेलले नेपाल र भारतमा ‘फाष्ट ट्र्याक’ विधासहित विभिन्न प्रशिक्षणसमेत लिनुभएको छ । सन् २०२५ ब्याचका ‘मिस नेपाल’ विजेतामध्ये लुइँटेल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अन्तिम नेपाली प्रतिनिधि हुनुहुन्छ । यसअघि ‘मिस नेपाल इन्टरनेसनल’ र ‘मिस नेपाल कस्मो’ले गतवर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।







सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर
सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे
सडकमा सिठी फुकेर मात्र ट्राफिक