काठमाडौं । र्यापर क्रिज्नको नयाँ गीत ‘खोक्का’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा क्रिज्नसँगै मोडल इभा गिरीको सशक्त अभिनय, नृत्य प्रस्तुत गरिएको छ । भिडियोलाई पृथक तथा रचनात्मक शैलीमा तयार गरिएको छ । क्रिज्नको र्याप शैली र इभा गिरीको बेली डान्सको फ्युजनले भिडियोमा फरकपन थपेको छ ।
भिडियोको निर्देशन ‘रुस्टर’ले गर्नुभएको हो । गीतका शब्द, संगीत क्रिज्न स्वयंको रहेको छ भने संगीत संयोजन केटीएम बिट्सले गर्नुभएको छ । सार्वजनिक भएसँगै ‘खोक्का’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । फरक अवधारणा, र्याप र नृत्यको संयोजनका कारण गीतको म्युजिक भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ ।







सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर
सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे
सडकमा सिठी फुकेर मात्र ट्राफिक