नेपाली राजनीतिमा समग्र मधेसले सदासर्वदा त्याग गरेको छ तर पाउन केही सकेको छैन । केही विशेष समूह तथा व्यक्तिहरूको राम्रो उन्नति भएको छ तर यसले समग्र मधेसको हित गर्नसकेको छैन । आधुनिक नेपालको राजनीतिक इतिहास खास गरी २००७ सालपछिको राजनीतिक परिवर्तन र सोको संस्थागत गर्ने विषयमा सदा कुनै न कुनै रूपमा मधेसलाई पछि पारिएको भन्ने विषयले उठान पाएको छ तर न्याय नभएको भन्नेहरूको पंक्ति ठूलो देखिन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षहरूमा काठमाडौंले न्याय गर्न जान्दैन र सक्दैन । किनभने सत्ता सदासर्वदा कठोर विषय हो । कारण काठमाडौंको तराई एवं मधेसप्रतिको हेराई सोझो छैन ।
सुनसरीको सानो विवादले तराई प्रभावित बन्नपुग्यो । केही युवाले मृत्यु वरण गरे । अवस्था निकै जटिल हुनबाट सत्तालगायत प्रतिपक्षको समेत सहयोगले जोगियो । नेपालको सन्दर्भमा स-साना घटनाबाहेकका साम्प्रदायिक स्वरूपका ठूला घटना आजसम्मको राजनीतिक इतिहासमा भएको पाइँदैन । यसले नेपाल र नेपालीहरूको सामाजिका सद्भाव अटल रहेको कुरा इंगित गर्दछ ।
उपत्यकाको आँखाले मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ भन्दा राम्रा मानिसहरूकै हप्की खानुपरेको छ । २०४६ पछिको नेपाली राजनीतिको अत्यन्त धुर्त खेलाडीहरूमा पर्ने स्व.गिरिजाप्रसाद कोइराला केही हदसम्म तराईको बारेमा संवेदनशील हुनुहुन्थ्यो । यसपछाडिका कारणमा उहाँका अत्यन्तै ठूला सहयोगी विजय गच्छदार, रौतहटका अत्यन्तै प्रभावशाली नेता स्व.शेख इद्रीश र सप्तरीका जयप्रकाश आनन्दलगायत खुमबहादुर खड्काहरूको साथ सानिध्य र उहाँ स्वयं लामो समय तराई नजिकैको भारतीय विहारमा बसे-हुर्केका कारण तराईको बारेमा अलि बढी जानकारी भएको अन्दाज गर्न सकिन्छ ।
नेपाली राजनीतिको साँचो मधेस भएको र यसको सहज रूपमा उपयोग हिजोको पञ्चायत, नेपाली कांग्रेस, एमाले र सो पछिको माओवादीहरूले लिन भ्याएका छन् तर मधेसको संरचनात्मकता जीवनस्तरमा देख्न सकिएन । यसै मेसोमा एकाएक महोत्तरी पुर्ख्यौली घर भएको ठिटो मधेसीहरूको मनमा ठूलो राजनीतिक मनोविज्ञानको पोको बिसाउँछ । विगत पैंतीसौं वर्षमा पनि मधेसीहरूको मनको राजनीति कसैले नबुझेको समयमा एकाएक रास्वपाले मधेसलगायत देशभरबाट अनुमान गरेभन्दा माथिल्लोस्तरमा मत पाउँछन् र सोको सरकार हाल छ । सरकार बनेको चार महिनाभन्दा बढीको समयमा सरकारमाथिको विश्वासमा आएको कमजोरीपनले सर्वसाधारणमा निराशा जन्माउन थालेको छ ।
शक्तिशाली सरकारले निर्धक्क भएर पाँच वर्षसम्म सरकार चलाउनसक्ने वातावरण बनाउन सक्नुपर्छ । पहिलो दायित्व स्वयं सरकारको रहने गर्छ भने राजनीतिक रूपमा प्रमुख प्रतिपक्षको भूमिकालाई नकार्न सकिँदैन । साथमा संसद्मा उपस्थित सबै दल, राज्यका मुख्य स्टेकहोल्डरलगायत नागरिक समाज, छिमेकीलगायत कूटनीतिक क्षेत्रले महत्त्वपूर्ण स्थान ओगटेको पाइन्छ । नेपालको तराई क्षेत्र भारतसँगको सिमानासँग जोडिएको छ । नेपालको राजनीतिलाई मात्र नभएर समग्र समाजको हरेक पक्षमा प्रत्यक्ष प्रभावित गरिहेको पाइन्छ । पूर्वमा झापादेखि पश्चिम कैलालीसम्मको खुल्ला सिमाना मात्र नभएर भारतका लागि पनि सुरक्षा चुनौती हो, तर नेपाल-भारतबीचको हजारौं वर्षदेखिको सांस्कृतिक सम्बन्धले मात्र दुई देशबीचको सीमा आजका दिनसम्म खुला रहने मौका पाएको छ ।
कतिपय अवस्थाहरूमा एकअर्काका बीच शंकाको दृष्टिले हेर्ने साधन बनेको छ । यस किसिको व्यवहारले दुई देशबीचको सम्बन्धमा चिसोपनसमेत नल्याएको पनि होइन । यद्यपि आजसम्मका विषय छलफलको माध्यमले समाधानको बाटोमा पुगेका छन् । खास गरी नेपाली नागरिकताको विषय, नेपाल भारतबीच हुने गैरकानुनी गतिविधिहरूमा यताका अपराधीहरूको भारतमा सेल्टर र उताका अपराधीहरूको नेपालमा रहने गरेका सेल्टरहरूका बारेमा आपसी समझदारी कामय गर्न गर्न नसक्दाको अवस्थामा मतभेद समय समयमा देखापरेका छन् ।
सुनसरीको सानो विवादले तराई प्रभावित बन्नपुग्यो । केही युवाले मृत्यु वरण गरे । अवस्था निकै जटिल हुनबाट सत्तालगायत प्रतिपक्षको समेत सहयोगले जोगियो । नेपालको सन्दर्भमा स-साना घटनाबाहेकका साम्प्रदायिक स्वरूपका ठूला घटना आजसम्मको राजनीतिक इतिहासमा भएको पाइँदैन । यसले नेपाल र नेपालीहरूको सामाजिका सद्भाव अटल रहेको कुरा इंगित गर्दछ । साथमा के विषय सरकारमा बस्नेहरूले बिर्सनु हुँदैन भने जनसंख्याभन्दा धेरै नै गुणा बढी जनसंख्या भएका विहार, पश्चिमबंगाल र उत्तरप्रदेशको सिमाना नेपालसँग जोडिएको छ । यी स्थानहरूबाट हुनसक्ने सानो अवाञ्छित गतिविधि नै नेपालमा घातक हुनसक्ने क्षमता राख्दछन् । खुला सिमाना, आपराधिक क्रियाकलाप र हातहतियारजन्य गतिविधि दुबै पक्षले अति संवेदनशील हुन जरुरी छ । नेपालको साथै भारतका लागि पनि नेपाल भारतको खुला सिमाना उत्तिकै चासोको विषय हो । आज भारतले आर्थिक, राजनीतिक, सामरिक तथा वैज्ञानिक तथा अन्य सबै क्षेत्रमा गरेको उन्नतिको कारण स्वयं भारतप्रतिको सुरक्षा चुनौती बढेर गएको छ । सन् १९९० सम्म नेपाल-भारतको आर्थिक स्वरूपमा तात्विक रूपमा धेरै फरक थिएन ।
एकैसाथ सुरु भएको उदारीकरणको सकारात्मकताको कारण आज भारतीय अर्थतन्त्रले विश्वमा अमेरिका, चीन, जापानपछिको सर्वशक्तिमान अर्थतन्त्र बन्नसकेको छ भने नेपाल दन्त्यकथा भएको छ । नेपालले पनि सामाजिक क्षेत्रमा उपलब्धि हासिल नगरेको भने होइन । विगत एक दशकमा खासगरी सुचना प्रविधि, पूर्वाधार, वैदेशिक लगानी, वित्तीय क्षेत्र, निर्यातजन्य उद्योगमा गरेको विस्तारले मध्यम वर्गीय भारतीयहरूको आयमा आएको वृद्धिले भारतीय अर्थतन्त्रमा आजको आकार लिन सकेको हो ।
नेपालको स्वतन्त्र सार्वभौमिकतामा भारत जानिफकार हुँदाहुँदै नेपाली राजनीतिका कतिपय आन्तरिक विषयमा हस्तक्षेपकारी भूमिका राख्ने गरेको छ । साथमा राजनीतिका हस्ती भारतसँग बढी नै लचक भएको तर यसको ठ्याक्कै कुनै किसिमको संस्थापनले भारतको राजनीतिलगायतमा प्रभावकारी भूमिका खेल्नसक्ने हैसियत राख्न सकेको छैन ।
भारतले देशमा उपलब्ध सचेत एवं शिक्षित युवा जनशक्तिलाई उन्नतिको मार्गमा लगाउनसके अबको केही दशकमा भारत-चीनको बीचमा हाल कायम रहको अमेरिका-चीनबीचको व्यापारिक लेनदेन नहोला भन्न सकिँदैन । नेपाल–भारतबीचको सबै खालको तीतोमिठो सम्बन्ध, नेपाल- चीनबीचको विशेष किसिमको सम्बन्धका बारेमा नेपालको मूलधारको राजनीतिमा उदाएका सबै दलहरूले जानकारी राख्नु र सो अनुरूप काम गर्नु आवश्यकता हो । हिजो २००७ वा सोभन्दा अघिको नेपाली कांग्रेस वा हालै नेपालको सत्तामा अकस्मात पुगेको रास्वपाका लागि नै किन नहोस, नेपालको हितमा मात्र नभएर छिमेकीको आवश्यकता, औचित्य तथा बदलिँदो परिवेश अनुरूप नेपाल र नेपालीको हितमा हुने किसिमिको रणनीतिक राजनीतिक कूटनीतिलाई कार्यान्वयनमा लैजान सके सहज वातावरणको निर्माण गर्न सकिन्छ । नेपाल–भारतबीचको सम्बन्ध सेन्टिमेन्टमा मात्र आधारित नभएर नेपालको जनसंख्यामा तराईले लिएको हिस्साले पनि निर्धारण गरेको छ ।
नेपालको स्वतन्त्र सार्वभौमिकतामा भारत जानिफकार हुँदाहुँदै नेपाली राजनीतिका कतिपय आन्तरिक विषयमा हस्तक्षेपकारी भूमिका राख्ने गरेको छ । साथमा राजनीतिका हस्ती भारतसँग बढी नै लचक भएको तर यसको ठ्याक्कै कुनै किसिमको संस्थापनले भारतको राजनीतिलगायतमा प्रभावकारी भूमिका खेल्नसक्ने हैसियत आजको समयमा राख्न सकेको छैन । नेपाली राजनीतिमा भारतीय प्रभाव प्रष्ट रूपमा तत्कालीन इष्ट इण्डिया कम्पनीको राणाहरूसँगको उठबस वा कनेक्सनसँग जोडिएको विषय हो भने पछिल्लो समय रास्वपा पनि यस प्रभावबाट मुक्त रहँन सक्दैन ।
नेपाली कांग्रेसलाई पनि फल्नेफुल्ने अवसर भारतले दिएकै कारण सात सालको परिवर्तन भएको हो । साथै नेपालका नरम वा कडा सबै कम्युनिष्टहरूलाई उम्रने, बढ्ने, हुर्कने तथा फल लगाउने वातावरण भारतले नै बनाएको हो भन्न सकिन्छ । यी यावत् कामका बाबजुद केही वर्षअघिसम्म नेपालको वैदेशिक सम्बन्ध तथा कूटनीति सम्हालिएको थियो तर आज अवस्था फरक मोडमा पुगेको देखिन्छ । सत्ताको रास्वपा, प्रतिपक्षको नेपाली कांग्रेसलगायत सबैले नेपालको संवेदनशील भूधरातलमा अडिएको कूटनीतिलाई सम्हाल्न नसके अर्को राजनीतिक दुर्घटना नहोला भन्न सकिँदैन ।







सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर
सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे
सडकमा सिठी फुकेर मात्र ट्राफिक