विसं २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको थियो । नयाँ मोडमा प्रवेश गर्नुलाई तत्कालीन समयको बाध्यता भनौं वा नेपालको राजनीतिमा आएको परिवर्तन भनौं वा कुनै विदेशीले चलाएको रणनीति थियो बुझ्न सारै कठिन भएको छ नेपाली जनतालाई । जनताका हरेक आकांक्षालाई पूरा गर्न नसकेको राज्य संयन्त्रलाई तत्कालीन विद्रोहले समाप्त पारेको थियो । पुराना पार्टीहरू उठ्न नसक्ने गरी थला परे । अझ पनि उठ्न सकेका छैनन् । बामे सरिरहेका छन् । अब भने नेपाली जनतालाई तिनै पुराना पार्टीमा विश्वास जान्न थालेको आभास हुनथालेको छ । नेपालको राजनीतिमा जो, जस्ता, जसरी आए पनि सुधार हुन सक्दैन भन्ने तथ्यलाई वर्तमान सरकारले पनि प्रमाणित गर्न खोजेको देखिन्छ ।
जेन-जी विद्रोहपछि उपचारका लागि विदेश गएका शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोके । उनले आजको समयमा विशेष भेला गर्ने उद्देश्यसहित आफू पन्छिए र बीपीपुत्र शशांक कोइरालालाई भेला आयोजनाको जिम्मा लगाए । भेला यही साउनको २९ गते भनिएको छ । हुने हो वा होइन ।
नयाँभन्दा पुराना नै ठीक हुन् भन्ने विश्वासमा मत दिएका नेपाली नै पुग्न थालेको देखिन्छ यो चार महिनामै । जेन–जी विद्रोहले निम्त्याएको कठिन परिस्थितिलाई चिर्दै पुराना पार्टीहरू उठिरहेका छन् । उनीहरूको सांगठनिक सुधारमा नयाँ आयाम पनि थपिएको देख्न सकिन्छ । नयाँ हुने क्रममा केही सुधारका संकेत आए पनि नेतृत्वको लडाइँ भने चलिरहेको छ । सबै पार्टीमा देखापरेको नेतृत्वको लडाइँले यी पुराना पार्टीलाई कहाँ लगेर थला पार्ने हो त्यो भने हेर्न नै बाँकी छ । देखिने नै छ समय घर्किँदै जाँदा ।
विद्रोहमा कांग्रेस
नेपाली कांग्रेसका तत्कालीन महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीमा विद्रोह गरे । पार्टीको विधानसम्मत तरिकाले विशेष महाधिवेशनेको आह्वान गरे । ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा महाधिवेशन सम्पन्न भयो । प्रतिनिधिसभाको निर्वाचन आइसकेको थियो । उक्त पार्टीको वैधानिकताका सन्दर्भमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा मुद्दा दायर भएको पनि थियो । निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिक मान्यो र गगनकुमार थापाको नेतृत्वको कांग्रेलाई आधिकारिक मान्यता दियो । सर्वोच्चले पनि सोही नेतृत्वलाई स्वीकार गरेको देखियो । तत्कालीन महाधिवेशन अवैध हो, हामी नै असली कांग्रेस हौं, गगन थापाको नेतृत्व हामी स्वीकार गर्दैनौं भन्ने तप्का आज पनि सक्रिय नभएको होइन छ नै ।
गगनकुमार थापाको हस्ताक्षरबाट निर्वाचन लडेका तर अहिले आएर विरोधको स्वरलाई मुखरित गर्ने एउटा समूह कांग्रेस अघि बढेको देख्न चाहँदैन वा कांग्रेस समाप्त भएको देख्न चाहन्छ त्यही समूहले नै जानोस् । जेन–जी विद्रोहपछि उपचारका लागि विदेश गएका शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोके । उनले आजको समयमा विशेष भेला गर्ने उद्देश्यसहित आफू पन्छिए र बीपीपुत्र शशांक कोइरालालाई भेला आयोजनाको जिम्मा लगाए । भेला यही साउनको २९ गते भनिएको छ । हुने हो वा होइन ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवा निर्वाचनमा भतदान नगरी नै ओखतीमूलोका लागि विदेश गए । नेपाली कांग्रेसको चौधौं महाधिवेशनले चुनेका वैधानिक सभापति थिए उनी तर विधानसम्मत तरिकाले विशेष महाधिवेशन भएको अवस्थामा उनी आज सभापति छैनन् । ६ महिनाको विदेश बसाइपछि उनी नेपाल फर्किने क्रममा छन् । उनी आउने भनेर हौसिएको छ गगनकुमार थापाविरोधी । चुनदेवीको सम्पर्क कार्यालयबाट राष्ट्रिय भेला गर्ने उक्त समूह न नयाँ पार्टी खोल्न चाहन्छ न गगन थापालाई पार्टी सभापति नै मान्न चाहन्छ । के हो उनीहरूभित्रको दम्भ उनीहरू नै जानून् ।
देशका संवैधानिक निकायले वैध मानेको गगनकुमार थापा नै नेपाली कांग्रेसका पार्टी सभापति हुन् भन्ने तथ्यलाई आमकांग्रेसीले स्वीकार गरेको सत्य भने हो । पार्टीको सुदृढीकरणमा लागेको वर्तमान केन्द्रीय समिति आफैंमा सक्रिय छ । पार्टीलाई विधानसम्मत तरिकाले चलाउन चाहन्छ । सत्ता प्राप्ति नै नेपाली कांग्रेसको मूल पहिचान हो भन्ने तथ्यलाई मेटाउन चाहन्छ । जनताको सेवा राजनीति हो भन्ने सन्दर्भलाई कांग्रेसको मेरुदण्ड बनाउन चाहन्छ तर त्यसो हुनसकेको छैन । विरोध भइरहेको छ । हामी असली कांग्रेस हौं भन्ने पनि चलिरहेको छ ।
सर्वोच्चको पुनरावलोकन आदेश
निर्वाचन आयोग र सर्वोच्चले फैसला गरिसकेको नेपाली कांग्रेसको विवादलाई पुनः सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । नेपाल अधिराज्यको संविधानको धारा १३३ को ४ मा यो व्यवस्था रहेको देखिन्छ । उक्त धारामा भनिएको आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने अधिकार हुनेछ । त्यसरी पुनरावलोकन गर्दा पहिला फैसला गर्ने न्यायाधीशबाहेक अन्य न्यायाधीशले गर्नेछन् । यही धारा टेकेको हो सर्वोच्चले पनि । नेपाली कांग्रेसको वैधानिकतामा किन प्रश्न उब्जियो सर्वोच्च नै जानकार होला । विधान अनुसार अधिवेशन भएको पार्टी सोही पार्टी सभापतिको हस्ताक्षरबाट भएको निर्वाचनमा सहभागी नेपाली कांग्रेसका सांसदहरू आज प्रतिनिधिसभामा रहेका छन् ।
विधानमा टेकेर गरिएको महाधिवेशन र संविधानमा टेकेर गरिने फैसलाले नै कांग्रेसको वैधानिकतामा प्रश्न खडा गर्न खोजेको देखिन्छ । न्याय सम्पादनमा सर्वोच्च किन यता लाग्यो । पूर्वन्यायाधीशले गरेको फैसलाको आदेशमा किन पुनः हेर्नुपर्ने अवस्था आयो कानुनको विषय होला ? तर, सबै विधानसम्मत चलेको र विधानभन्दा एकरति पनि नडग्ने वर्तमान कांग्रेसको कार्यसमिति आफैंमा वैध हो । यही नै कांग्रेसीजनको चाह, विश्वास र आधार पनि हो । पुनरावलोकन होस् । पुनः बलियो बनेर गगनकुमार थापा उदाऊन् । नेपाली कांग्रेसमा देखापरेको यो विवाद समाप्त भएर पनि पुनः सुरु हुनुलाई संयोग मान्ने कि के मान्ने हो खोइ ! बुझ्न नै गाह्रो भयो ।
नेपाली कांग्रेस पन्धौं महाधिवेशनको संघारमा छ । निकट भविष्यमा नै नियमित महाधिवेशनबाट आफूलाई तरोताजा र जनप्रिय बनाउनमा सक्रिय बनेको छ । सक्रियता सभापति, उपसभापतिको मात्र होइन सबै केन्द्रीय सदस्य र केन्द्रीय समितिको पनि हो । यतिमात्र होइन जसले कांग्रेसको विचार, सिद्धान्तलाई निष्ठाका साथ अँगालेको छ त्यसको दायित्व पनि पार्टीको सुदृढीकरण उत्तिकै रहेको तथ्यलाई नकार्न सकिँदैन । कानुनसम्मत तरिकाले अघि बढेको यो नेपालको राजनीतिको सबैभन्दा पुरानो पार्टी र सधैं तानाशाह शासकसित लडेको पार्टीको पुनरावलोकनसम्बन्धी फैसला सर्वोच्चले छिटो गर्नेछ भन्नेमा सबैको विश्वास दृढ नै छ । पन्ध्रौं महाधिवेशन पनि तोकिएको समयमा नहुने । असन्तुष्ट पनि सधैं असन्तुष्ट नै रहने अवस्थाको सिर्जना पक्कै पनि हुनेछैन ।
शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीबाट हुनेछैन । यदि त्यसो भयो भने नेपाली कांग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन । अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कांग्रेसीजनमा रहेको छ ।
त्यसैले अदालती प्रक्रियामा पार्टीको विधान हेरिने नै होला । छिटो किनारा लगाउने जिम्मा सर्वोच्च अदालतको नै हो । देशमा लोकतन्त्रलाई बलियो बनाउन र विधिसम्मत तरिकाले देश चल्नुपर्दछ भन्ने पार्टीको मूल पहिचान नै नेपालको राजनीति हो । राजनीति स्वस्थ हुनुपर्नेमा विगत केही वर्षमा त्यसो हुनसकेन र आफैंमा विद्रोह भएको पक्कै हो । जेन–जीको विद्रोहलाई वैध मानेका सबै पार्टी कांग्रेसको विद्रोह र पार्टी सबलीकरण कसरी अवैध हुन्छ र ! विशेष महाधिवेशन वैध हो । उक्त महाधिवेशनबाट आएको नेतृत्व पनि वैध हो । यो वैधतामा अवैध भन्ने शब्द कताबाट छिरेको हो र पुनरावलोकनको अवस्था आएको हो बुझ्नलाई नै गाह्रो भयो ।
शेरबहादुर देउवाको भूमिका
लामो विदेश बसाइ भनौं वा औषधोपचारपछि स्वस्थ भएर नेपाल फर्कँदै छन् शेरबहादुर देउवा । सधैं सत्तालाई नै केन्द्रमा राख्ने र सत्ताका लागि जोकोहीसित गठनबन्धन गर्ने उनको बानीले नेपाली कांग्रेसका कार्यकर्ता रुष्ट थिए । विगत केही वर्ष यही रह्यो नेपाली कांग्रेसको राजनीति पनि । आफूलाई केन्द्रमा राखेर निर्णय लिने उनको बानीले आज नेपाली कांग्रेसका कार्यकर्ता आफैंमा निराश थिए । विशेष महाधिवेशनबाट आएको नेतृत्वले सत्ता होइन जनसेवा पहिलो प्राथमिकता हो भन्ने सन्देश प्रवाह गरिदियो । सातै प्रदेशमा कुनै दलसित मिलेर सत्तामा नजाने निर्णय पनि गरिदियो । पार्टीको सुदृढीकरण, कार्यकर्ताको संरक्षण, विधानसम्मत पार्टीको व्यवस्थापकीय पक्ष, पार्टीलाई प्रविधिमा लैजाने अठोटका साथ अघि बढेको छ ।
पूर्वसभापति देशफर्कँदै छन् । आफूले दिएका कार्यवाहक सभापतिले नेतृत्व गरेको समूहलाई मलजल गर्ने काम उनीबाट हुने छैन । देशमा पाँचपटक प्रधानमन्त्री भएका देउवाको पहिलो प्राथमिकता मूल कांग्रेसमा आफ्ना समर्थकलाई समाहित गर्नु हो । विधानसम्मत तरिकाले पन्ध्रौं महाधिवेशन गर्न आग्रह पनि उनकै दायित्व हो । गगनकुमार थापा गलत हुन् भने पन्ध्रौं महाधिवेशनबाट उनलाई किनारा लगाए भयो नि ! किन यो रोइलो । नेपाली कांग्रेसलाई सुदृढ बनाउने बाटोमा शेरबहादुर देउवाको भूमिका रहनेछ भन्नेमा कसैको विमति नरहला ! आफू पार्टी सभापतिमा रहँदा महामन्त्री रहेका गगन र विश्वलाई बोलाएर समस्याको समाधानतर्फ अग्रसर बनाउनु पनि उनकै दायित्व हो ।
शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीबाट हुनेछैन । यदि त्यसो भयो भने नेपाली कांग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन । अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कांग्रेसीजनमा रहेको छ । त्यसो भएन र फेरि आफ्नालाई मात्र काखी च्याप्ने काम भयो भने आमकांग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिनाइ हुनेछैन ।
अभिभावक बन्नुहोला । गुटको प्रतिनिधि बन्ने बेला होइन । नेपाली कांग्रेस इतिहासको कठिन मोडमा छ । पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिञ्चन गरिरहेका छन् । नेपाली कांग्रेसको हुर्कन लागेको रूखलाई निमोठ्ने काम पक्कै पनि हुने छैन होला पूर्वसभापतिज्यू ! तपाईंभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन । अबको नेपाल बसाइको भूमिका अभिभावकीय हो । नेतृत्वको लालसा पक्कै पनि छैन होला ? अभिभावक खोजेको छ कांग्रेसले । त्यो अभिभावकीय खुवी पूर्वसभापतिमा रहोस् भन्ने कामनासहित ।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः