पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । जिल्लाको माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको पिकअप जिप सोमबार बिहान तिनाउ गाउँपालिका-४ चिउरीडाँडास्थित झुम्सा-सत्यवतीधाम जाने भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनेमा तिनाउ गाउँपालिका-३ सत्यवतीका ३६ वर्षीय खमबहादुर डिसुवा मगर, ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर रहेका छन् । उनीहरूलाई क्रमशः खुट्टा ,टाउको, अनुहारमा चोट लागेको छ ।
त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ का १० वर्षीय सन्तोष रेश्मी , ३५ वर्षीय भुवनसिंह रेश्मी, रुपन्देही बुटवल उपमहानगरपालिका-१८ पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा र उहाँका चार वर्षीय छोरा डेनिश थापा, पाल्पा माथागढी गाउँपालिका-५ का ४१ वर्षीय मनबहादुर गाहा, जिप चालक ३९ वर्षीय देवकुमार घर्ती र रुपन्देही बुटवल-१८ मोतीपुरकी ३६ वर्षीया सपना राना घाइते भएका छन् ।
घाइतेमध्ये डेनिश थापाको अवस्था गम्भीर रहेको छ भने अन्य नौं जनाको अवस्था मध्यम रहेको प्रहरी नायव उपरिक्षक भट्टराईले बताउनुभयो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ ।







ढोरपाटनमा पर्यटकको ओइरो : एक
दलित समुदायका थर सूचीकरण गर्नुअघि
एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई
अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि
ग्यासको कालोबजारी आरोपमा दुवाकोटका व्यापारी
२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा