काठमाडौं । नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’ आयोजना गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा साउनको अन्तिम सोमबार धार्मिक पैदलयात्रा गरिएको हो । मैतीदेवी मन्दिरबाट सुरु भएको यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।
पैदलयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न नारा लगाएका थिए ।
संगठनका अनुसार धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन परम्पराको प्रवर्द्धन र हिन्दुराष्ट्र पुनःस्थापनाको मागलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले ‘साउन पैदल यात्रा’ आयोजना गरिएको हो ।
यात्रामा सहभागीहरूले नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यले आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,