काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको पारस्परिक सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री शाहले आजै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो । दुवै छिमेकी मुलुकका राजदूतसँग प्रधानमन्त्री शाहको छुट्टाछुट्टै भेटवार्ता भएको हो।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :