काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्य गर्न नेतृत्वले अविलम्ब निकास दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सिन्धु–काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टी सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिँदै निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभएको हो ।
उहाँले कांग्रेसलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन पार्टीभित्रको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । मुलुकमा बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई ठूलो र सुदृढ राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।
“मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो,” नेता बस्नेतले भन्नुभयो, “यदि २८ गतेसम्म गगन थापा जीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिनसक्छ । त्यो २९ गतेबाट सुरु हुन्छ ।”
उहाँले कांग्रेस विभाजन गर्ने नभई पार्टीलाई अझ बलियो र एकताबद्ध बनाउने उद्देश्यले नेताहरू देशभर सक्रिय भइरहेको दाबी गर्नुभयो । निर्धारित समयभित्र निकास ननिस्किए पार्टीले नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो ।
देशभरका युवा कार्यकर्तालाई आ–आफ्नो जिल्लामा एकीकृत भएर संगठन सुदृढीकरणको अभियान अघि बढाउन आग्रह गर्दै नेता बस्नेतले वर्तमान राजनीतिक चुनौती सामना गर्न कांग्रेसले आन्तरिक रूपमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
मुलुकलाई राजनीतिक निकास दिन तथा बढ्दो निरंकुश प्रवृत्तिलाई रोक्न कांग्रेसलाई सक्षम र प्रभावकारी शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :