ललितपुर । ललितपुर जिल्ला डेमोक्रेटिक लयर्स एसोसिएसनको अधिवेशनले प्रवीण नापिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा प्रमोद राय, सचिवमा विमल ज्ञवाली र कोषाध्यक्षमा दीपेन्द्रराज शिल्पकार चयन हुनुभएको छ । त्यस्तै, कार्यसमितिमा अन्य पाँच जना सदस्यसमेत चयन गरिएको जनाइएको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै एसोसिएसनको संस्थागत सुदृढीकरण, सदस्यहरूको व्यावसायिक हकहित तथा कानुनी क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नवनिर्वाचित अध्यक्ष नापिकसहितको नयाँ कार्यसमितिले ललितपुरमा कानुन व्यवसायीहरूको पेशागत क्षमता अभिवृद्धि, आपसी सहकार्य र व्यावसायिक अधिकारका विषयमा सक्रियतापूर्वक काम गर्ने अपेक्षा गरिएको छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै