काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिकाको भवन निर्माण कार्य तोकिएकै सम्झौता अवधिभित्र सम्पन्न भएको छ । निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सनले तोकिएको समय सीमाभित्रै निर्माण कार्य पूरा गरी उदाहरणीय काम गरेको हो ।
भवन निर्माण कार्य समयमै सम्पन्न भएपछि रोयल कन्स्ट्रक्सनतर्फबाट प्रकाशबहादुर सेठीले निर्माण प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण निकाय तथा सरोकारवालामा आभार व्यक्त गर्नुभएको छ ।
सेठीले निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन र तोकिएकै समयमा पूरा गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यालय प्रमुखका साथै कार्यालयका प्राविधिक टोलीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयको बजेटमा सञ्चालित उक्त निर्माण आयोजनाका लागि समयमै बजेट भुक्तानी तथा वित्तीय सहजीकरण गरिदिएको भन्दै सेठीले अर्थ मन्त्रालय र स्वास्थ्य सेवा विभागको टोलीप्रति विशेष धन्यवाद प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘निर्माणका लागि हामीलाई प्राप्त सम्मान, हौसला र सहयोगले निर्माण कार्य छिटो, छरितो र गुणस्तरीय बनाउन ठूलो मद्दत पुगेको छ । हाम्रो कम्पनी, प्राविधिक टोली तथा सम्पूर्ण मजदुर साथीहरूको मनोबल उच्च बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण अभिभावकगण तथा सरोकारवालाप्रति रोयल कन्स्ट्रक्सन परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।’







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन