कालीकोट । कालीकोटमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सोमबार बिहान खाँडाचक्र नगरपालिका–७, पिलीस्थित सुर्खेत–जुम्ला सडकखण्डमा दुर्घटना भएको अटोमा सवार महाबै गाउँपालिका–५, गेला निवासी ३५ वर्षीय मंगल शाहीको उपचारका लागि जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो बिहान करिब ९ः३० बजे अचानक ब्रेक फेल भएपछि सडकको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा महाबै गाउँपालिका–५, गेला निवासी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र महाबै गाउँपालिका–६ की प्रतिमा आचार्य घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियो । उपचारपछि गम्भीर घाइते मंगल शाही र सबिना शाहीलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला रेफर गरिएको कालीकोट अस्पतालका प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्ला लैजाँदै गर्दा तिलागुफा नगरपालिका–४ पुगेपछि मंगल शाहीको मृत्यु भएको हो । गम्भीर घाइते सबिना शाहीको भने जुम्लामा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको अटो खाँडाचक्र नगरपालिका–७, पिली निवासी ४७ वर्षीय कृष्णबहादुर मल्लले चलाउनुभएको थियो । प्रहरीले दुर्घटनाको कारण र घटनाको अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :