काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत् मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार आयोजनामा नेतृत्वकर्ता बैंकका रूपमा रहेको एनएमबी बैंकले छ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंकका रूपमा रहेको सानिमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुर्ई बैंकले आयोजनामा कुल १० अर्ब एक करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । कम्पनीका अनुसार मनाङमा निर्माण हुने आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम रहेकाले आयोजनालाई आकर्षक मानिएको छ ।
बैंकहरूको लगानीबाहेक आवश्यक रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ । वित्तीय व्यवस्थापनसँगै तत्काल आयोजना निर्माणको काम अघि बढाउने कम्पनीको तयारी छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । माउण्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट मिस्ट्रीखोला जलविद्युत् आयोजना र पाँच मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ ।






शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
कक्षा १२ को मौका परीक्षाको
आजका लागि तोकियो विदेशी मुद्राको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी