काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृंगार’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीका अनुसार कार्यक्रम नेपाली महिलाका लागि विशेष मानिने साउन महिनाका अवसरमा साउन २३ र २४ गते सञ्चालन गरिएको हो । शनिबार र आइतबार बिदाको दिन आयोजित कार्यक्रमले इसेवा प्रयोगकर्ता, सामाजिक सञ्जालमार्फत् उपस्थित सहभागीसहित विभिन्न क्षेत्र तथा पृष्ठभूमिका महिलालाई नजिक ल्याएको थियो ।
कार्यक्रमले सहभागीहरूलाई साउन महिना र तीजको सांस्कृतिक उत्साह साथी-संगीसँग एकै ठाउँमा मनाउने र अनुभव गर्ने अवसर दिएको कम्पनीले उल्लेख गरेको छ । साउन महिना र तीजको परम्पराबाट प्रेरित भई आयोजित कार्यक्रममा सहभागीहरूका लागि ब्युटीसियनमार्फत् मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय क्षणका फोटोहरू खिच्दै ठाउँको ठाउँ धुलाउने र विभिन्न खेलहरू खेल्दै आकर्षक पुरस्कार जित्ने जस्ता उत्साहजनक क्रियाकलाप तथा अनुभव उपलब्ध रहेको थियो ।
जसले सबै उमेर समूहका सहभागीका लागि एक जीवन्त र रमाइलो उत्सवको अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘श्रावण र शृंगार’ कार्यक्रम इसेवाको महिनाभरि चल्ने ‘३ सिइज द ग्रिनफ्ल्याग’ अभियानअन्तर्गत सञ्चालन गरिएको थियो । अभियानले ती महिलाहरूको सम्मान गर्छ, जसले आफूमात्र नभई अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्यमा प्रोत्साहित भई अघि बढ्न र अरूको जीवनमा सकारात्मक प्रभाव पार्न प्रेरणा दिन्छन् । महिलालाई हरेक दिन कदर र सम्मान गर्ने कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँदै कार्यक्रमले सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा ल्याउँदै साउन र तीजको एक अविष्मरणीय अनुभव सिर्जना गरेको जनाएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :