काठमाडौं । टोयोटा नेपालले आजदेखि सुरु हुने नाइमा अटो शो २०२६ का अवसरमा ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले तीन लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष रहनेछ । अटो शोका अवसरमा टोयोटाले दुर्ई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
नयाँ ब्राण्डको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थिति थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको छ । विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटाले जनाएको छ ।
अफरलाई थप विशेष बनाउँदै कम्पनीले ग्राहकका लागि विशेष ड्राइभसमेत घोषणा गरेको छ । नाइमा अटो शोमा टोयोटा गाडी बुकिङ गर्ने ग्राहकमध्येबाट भाग्यशाली छनोटमार्फत् एक जना विजेताले एक जोडीका रूपमा ‘एलाइट एक्सप्लोरर्स कन्याकुमारी ड्राइभ’ मा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । त्यस्तै नाइमा अटो शोमा टोयोटा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले सामुदायिक यात्रामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो । अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुर्ई नयाँ ब्राण्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन कम्पनीले ग्राहकलाई आमन्त्रण गरेको छ ।






कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको