काठमाडौं । अर्थतन्त्र र रोजगारीका साथै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको अटोमोबाइल व्यवसाय प्रवर्द्धनका लागि मंगलबारदेखि काठमाडौंमा गाडीहरूको मेला अर्थात् मोबिलिटी एक्स्पो सुरु हुँदैछ । नाइमा मोबिलिटी एक्स्पोलगत्तै भदौमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शो आयोजना गर्दैछ । उल्लेखित दुर्ईवटा एक्स्पोले सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ । पछिल्लो समयमा अधिकांश व्यवसाय सुस्ताएका कारण कर्जाको मागसमेत घटेर गएकाले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएको छ ।
अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा दुर्ईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, विद्युतीय (इभी) तथा हाइब्रिड प्रविधिका नयाँ उत्पादन मुख्य आकर्षणका रूपमा रहने बताइएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार मेलामा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन् । चारपांग्रेतर्फ टाटा, बिवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभललगायत ओमोडा, जेइकु, आयन र भिजिभीजस्ता नयाँ ब्राण्डका मोडल पनि प्रदर्शन गरिनेछन् ।
त्यस्तै, दुर्ईपांग्रेतर्फ पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलको बाहुल्यता रहने बताइएको छ । प्युजो, एनआइयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्राण्डका साथै बजाज, टिभिएस, केटिएम र ट्रायम्फलगायतले आफ्ना नयाँ उत्पादन प्रदर्शनीमा राख्नेछन् । एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्राण्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार एक्स्पोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडोटोरियम हलमा लर्निङ सेसनहरू आयोजना हुनेछन् । उल्लेखित सेसनहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन् । सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन् ।
एक्स्पोमा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इञ्जिनियरिङ सोलुसन्स प्रालि र अग्नि इनर्जी प्रालि चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रालि हाइड्रेसन पार्टनर, आइएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर रहेका छन् ।
त्यस्तै, वत्सल इम्पेक्स प्रालि सर्भिलेन्स पार्टनर, हिट्को प्रालि अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्युआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटिएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनर रहेका छन् ।
एक्स्पोमा अवलोकनकर्ताहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् सवारी कर्जा र बीमासम्बन्धी जानकारीसमेत एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । सवारीसाधन खरिद गर्न चाहनेका लागि कम्पनीहरूले विशेष छुट र सुविधाको व्यवस्थासमेत गरेका छन् । प्रदर्शनीले नेपालको अटोमोबाइल बजारलाई नयाँ उचाइमा पुर्याउने र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
भदौमा हुने नाडा अटो शोमा दुई सय स्टल रहने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा भदौमा ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने र त्यसमा दुई सयवटा स्टल रहने नाडाले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा २२ ब्राण्डका प्यासेन्जर कार, १६ ब्राण्डका लाइट कमर्सियल भेहिकल र १२ ब्राण्डका दुर्ईपांग्रे सवारीसाधनको सहभागिता रहनेछ ।
त्यस्तै आठ नेपाली उत्पादकसहित ६९ कम्पोनेन्ट तथा अन्य व्यवसायीले आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् । देशभरका अटो व्यवसायीमा मेलालाई लिएर उत्साह देखिएको र स्टलका लागि अझै पनि उच्च माग भइरहेको तर प्रदर्शनीस्थलमा पर्याप्त ठाउँ नभएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको नाडाको भनाइ छ । सुस्ताएको अटोमोबाइल बजार पुनः चलायमान बनाउन अटो शोले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या