काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना तथा गालीगलौज गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै डा. कोइरालाले सभापति गगन थापाप्रति लक्षित गर्दै आलोचना वा गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताउनुभएको हो।
उहाँले अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने उल्लेख गर्दै कांग्रेस आफैँमा गौरवशाली इतिहास बोकेको पार्टी भएकाले आफ्नो शक्ति र इतिहासलाई बुझेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
“अरूलाई कुरूप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नुपर्छ । त्यहीअनुसार नेपाली कांग्रेस अत्यन्त सुन्दर पार्टी हो । यसको इतिहास सुन्दर छ,” उहाँले भन्नुभयो।
कांग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएकोप्रति टिप्पणी गर्दै डा. कोइरालाले अबको भविष्य युवाहरूको भएको बताउनुभयो। पार्टीको नेतृत्वका लागि युवालाई तयार पार्नुपर्नेमा जोड दिँदै उहाँले आफूहरू पुरानो पुस्ताका नेताहरू भएकाले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरणका लागि तयार गर्नुपर्ने बताउनुभयो।
पार्टी सभापति गगन थापालाई लक्षित गर्दै उहाँले भन्नुभयो, “हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन । गाली गर्यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबैभन्दा ठूलो अपमान हो।”
डा. कोइरालाले नेपाली कांग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै बीपी कोइराला र कृष्णप्रसाद कोइरालालगायतका नेताहरूले लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गर्नुभयो।
उहाँले कांग्रेसको इतिहास, सिद्धान्त र योगदानलाई नयाँ पुस्ताले गहिरोसँग बुझ्नुपर्ने बताउँदै पार्टीको गौरवशाली इतिहासलाई आधार बनाएर संगठनलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
आफूलाई पार्टीले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी दिएको उल्लेख गर्दै डा. कोइरालाले पार्टीका सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
“म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने हो । पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो,” उहाँले भन्नुभयो।







ज्ञान बैंक : युगान्तकारी अभियान
मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११