काठमाडौं । पुनम बस्यालको तीज गीत ‘बाबाकी पियारी छोरी’ सार्वजनिक भएको छ । पुनमकै स्वर, शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सुन्दर लामाको एरेन्ज तथा खेम थापाको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियोमा हास्य कलाकार सुरबीर पण्डित ‘दारी बा’सहित यशु भट्टराई, सृजना तामाङ, आराध्या, हुमा भण्डारी र देवी हमालले अभिनय छ ।
हरिश महराको छायांकन, नवीन घर्ती मगरको सम्पादन तथा कलर र कमान सिंह दोङ तामाङको निर्देशनमा भिडियो तयार गरिएको हो । गीतले नेपाली समाजको मौलिक संस्कृति र तीजको महत्वलाई ठेट नेपाली शब्द तथा भावनामार्फत प्रस्तुत गरेको छ ।
गायिका बस्यालले मौलिक सिर्जना र नेपाली लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै श्रोता–दर्शकलाई गीतलाई साथ दिन आग्रह गर्नुभएको छ ।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः