जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको सोमबार राति पौने १ बजे निधन भएको उहाँका कान्छा छोरा डा. विभाष लाभले जानकारी दिनुभयो ।
डा. लाभका अनुसार सोमबार राति साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहनुभएका बिमल अचानक बिरामी पर्नुभएको थियो । त्यसपछि उहाँलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो ।
हाल उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित उहाँकै निवासमा राखिएको छ । उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि आफन्त, साहित्यकार, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरू निवासमा पुगिरहेका छन् ।
डा. बिमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाउनुभएको थियो । उहाँले भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएको थियो भने नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको थियो ।
उहाँ सन् २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध हुनुभएको थियो । लामो समयसम्म शिक्षण तथा साहित्यिक क्षेत्रमा सक्रिय रहनुभएका उहाँले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
साहित्य तथा भाषा क्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरूप उहाँ विभिन्न सम्मान तथा पुरस्कारबाट समेत विभूषित हुनुभएको थियो । उहाँले जगदम्बाश्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मान प्राप्त गर्नुभएको थियो ।
उहाँको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन् । डा. विजय दत्तका अनुसार डा. बिमलको अन्त्येष्टि मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिनेछ ।







कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,