राैतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको घटनामा प्रहरीले मौलापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ स्थित विद्युत् कार्यालयकाे नजिक मौलापुर-जयनगर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका युवकको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय राैतहटकाअनुसार २०८२ असार ६ गते दिउँसो करिब पाैने दुई बजे मौलापुर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र सोही ठाउँका २८ वर्षीय त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २-०३-००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किए पछि दुर्घटना भएको थियो ।
दुर्घटनामा त्रिकिशोर कुशवाहाको मोटरसाइकलको पछाडि सवार सोही गाउँका २० वर्षीय निरज कुशवाहा गम्भीर घाइते भएका थिए । निरजकाे उपचारका क्रममा २०८२ माघ १७ गते बिहान करिब साढे १० बजे मृत्यु भएको थियाे ।
घटनाकाे करिब करिब १४ महिना पछि प्रहरीले २०८३ साउन २५ गते वडाध्यक्ष महेश महतो कोइरी र मोटरसाइकल चालक त्रिकिशोर कुशवाहालाई नियन्त्रणमा लिएर अनुसंधान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गाैतमले जानकारी दिनु भएको छ ।






बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी