इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले लक्ष भन्दा बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा राजस्व सङ्कलन बृद्घि गरेको हो । आर्थिक वर्ष २०८०/८१ एघार करोड ३२ लाख ६१ हजार छ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेकोमा आर्थिक वर्ष २०८१/८२ त्यसलाई बृद्धि गरेर १३ करोड ८२ लाख ३ हजार पाँच सय १७ रुयैया संकलन गरेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा अझ त्यसलाई बृद्धि गरेर कार्यालयले १४ करोड ६३ लाख ९६ हजार एक सय ४४ रुपैया राजस्व संकलन गरेको छ ।
कार्यालयको लक्ष १४ करोड रहेको भएपनि त्यो भन्दा बढि राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सवारी साधन बार्षिक कर तर्फ १० करोड ९३ लाख ९१ हजार एक सय ८४ रुपैया संकलन गरेको कार्यालयका लेखा प्रमुख पुर्ण राईले जानकारी दिनुभयो । राईकाअनुसार २०८०/८१ मा आयकर ३३ लाख ८६ हजार तिनसय पाँच रुपैया संकलन भएकोमा आर्थिक बर्ष २०८१।८२ मा बढेर ३७ लाख ८५ हजार पाँच सय ९० पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा ४० लाख ४ हजार तिन सय २० भएको थियाे ।
लेखा प्रमुख राईले भन्नुभयो, “राजस्वलाई हेर्न हो भने अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्ष बृद्वि भएको छ । बिभिन्न समस्याहरु भएपनि राजस्व संकलन भने घटेन । हामीले हामो राजस्व संकलनको लक्ष राखेर सेवाग्राही मैत्री कार्यसम्पादन गरेकाले हामीले लक्ष पुरा गर्न सफल भएका हौ ।”
पशुपतिनगरबाट ९५ लाख राजस्व सङ्कलन
पशुपतिनगरमा रहेको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट ९५ लाख २ हजार नौ सय रुपैया राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको थियो ।
पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र स्थापमा संगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज भएको छ भने नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्र स्थापनाले सहजता थपेको हो । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरिएको छ ।
इलामको पशुपतिनगरमा सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो तर अहिले त्यो समस्याको अन्त्य भएको यातायात कार्यालय इलामका प्रमुख गोपाल दाहालले बताउनुभयो ।
इलाममा यातायात कार्यालय २०७१ सालमा स्थापना
यातायात व्यवस्थापनको कार्य गर्नका लागि इलाममा यातायात व्यवस्था सेवा कार्यालय २०७१ सालमा स्थापना भएको हो । यातायात क्षेत्रका हरेक काम गर्नका लागि झापा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै २०७१ अशोज २२ गते इलाममा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको थियो ।
इलाममा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयको कार्याक्षेत्र इलाम, पाँचथर,ताप्लेजुङ र तेहथुम जिल्ला हुन् । पूर्वी नेपालको पहाडी जिल्लाका सेवाग्राहीले झापा पुगेर सेवा लिनुपर्ने बाध्यता अन्त्य गर्न स्थापना भएको कार्यालयबाट सवारी संकलन र राजश्व असुलीको काम शुरुवाती दिनमा भएका थिए ।
यातायात व्यवस्था सेवा कार्यालयबाट मुख्यगरी सवारी दर्ता, नामसारी, प्राविधिक परिक्षण, जाँचपाँस, रुट पर्मिट र पटेक कर संकलन हुन्छ । सवारी चालक अनुमति पत्रको परिक्षा संचालन, अनुमति पत्र प्रदान र वितरणको काम कार्यालयबाट हुँदै आएका पूर्वी पहाडी जिल्ला सेवाग्राही खुशी भएका छन् । यातायात व्यवस्था कार्यालयमा लक्ष्य अनुसार राजश्व संकलनमा क्रियासिल रहेको छ ।







नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार