काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै बेपत्ता छन्।
प्रारम्भिक विवरणमा सरकारले १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजकाअनुसार मृतकको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन् ।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको उक्त भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेससहितका शहरमा ठूलो क्षति पुगेको छ ।
भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्प १०७ किलोमिटर गहिराइमा गएको बताइएको छ ।







कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु,
भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल