रौतहट । राैतहटकाे बौधिमाई नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरू अब आइतबार पनि खुल्ने भएकाे छ ।
नगर कार्यपालिकाको बैठकले संघीय सरकारले प्रत्येक हप्ता शनिबार र आइतबार दिँदै आएको सार्वजनिक बिदामा कटौती गर्दै नगरपालिकाले आफ्नो मातहतको कार्यालयहरूमा आइतबार नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको बाैद्धिमाई नगरपालिकाकाे कार्यालयले जनाएको छ ।
बौधिमाई नगरपालिका सरमुजवाले सम्पूर्ण कर्मचारीलाई सम्बोधन गर्दै जारी गरेको सूचनामा नगर कार्यपालिकाको मिति श्रावण २५ गते बसेको बैठकको निर्णयअनुसार आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती गरिएको उल्लेख गरिएको छ ।
नगरपालिकाले श्रावण २६ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरू आइतबारसमेत खुला रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनु भएको छ ।
आईतवार कार्यालयहरू खुला रहने भएपछि कर्मचारीहरूलाई निर्धारित समयअनुसार आ-आफ्नो कार्यालयमा उपस्थित भई नियमित रूपमा सेवाप्रवाह गर्न निर्देशन दिइएको उहाँले बताउनु भएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नयाँ कार्यालय समयअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ भने शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने भएको छ ।
यससँगै यसअघि आइतबार सार्वजनिक बिदा हुने व्यवस्थाका कारण प्रभावित हुँदै आएको सरकारी सेवा अब साताको अन्य कार्यदिनसरह आइतबार पनि सञ्चालन हुने भए पछि सेवाग्राहीलाई प्रभावकारी र नियमित रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ कार्यतालिका लागू गरिएको जनाएको छ ।








विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन