काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यशैली, संसद्प्रतिको जवाफदेहिता तथा जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीलाई ‘एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो?’ भन्दै प्रश्न गर्नुभयो। उहाँले देश र जनताको हितका लागि सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको उल्लेख गर्दै संसद्लाई उपेक्षा नगर्न आग्रह गर्नुभयो।
‘देश र जनताको हितमा सिङ्गो संसद् तपाईँको साथमा छ। तर संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्,’ उहाँले भन्नुभयो।
सांसद केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाका ‘लाचार छाया’ बन्दै गएको आरोप लगाउनुभयो। सरकारका केही प्रयास सकारात्मक भए पनि तिनमा हचुवा तथा विधिविहीन प्रक्रिया देखिएको उहाँको टिप्पणी थियो।
लोकतन्त्रमा परिणाम मात्रै नभई त्यससम्म पुग्ने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा सरकारको ध्यान पुग्न नसकेको उहाँले बताउनुभयो।
सरकार गठन भएको १०० दिनमा एक लाख युवालाई स्वदेश फर्काउने प्रतिबद्धता कहाँ पुग्यो भन्ने प्रश्न गर्दै उहाँले सरकारको कार्यसम्पादनबारे जवाफ माग्नुभयो।
सांसद केसीले मुलुकमा देखिएको विद्युत्को समस्या, राहदानी लिन सेवाग्राहीले भोग्नुपरेको लामो लाइन, सुकुम्बासी समस्या तथा बढ्दो बेरोजगारीप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।






बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी