काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ।
मंगलबार दिउँसो संसद् बैठक सुरु हुनुअघि सिंहदरबारमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेट भएको हो। सभामुखको सचिवालयका अनुसार भेटमा समसामयिक विषयमा करिब आधा घण्टा कुराकानी भएको थियो।
स्रोतका अनुसार भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गर्नुभएको थियो। तर सभामुखको आग्रहमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिनुभएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुनुपर्ने विषयमा पछिल्लो समय प्रतिपक्षी सांसदहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्री र सभामुखबीचको भेटलाई संसद् र सरकारबीचको समन्वय तथा प्रधानमन्त्रीको संसद् उपस्थितिसँग जोडेर हेरिएको छ।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः