काठमाडौं । वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथर इनर्जीको आधिकारिक वितरक एथर नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा नयाँ एथर ४५० एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ ।
साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा एथरले नयाँ ४५० एक्स ओभरटोन्ससँगै ४५० सिरिजमा उपलब्ध म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथर प्रविधिसमेत प्रदर्शनमा राखेको छ ।
एक्स्पोको हल ‘सी’स्थित स्टल नम्बर ‘सी२’ मा रहेको एथरको प्रदर्शनी कक्षमा आगन्तुकले नयाँ उत्पादन तथा प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ उत्पादन तथा सुविधामार्फत सफ्टवेयर, चालक केन्द्रित प्रविधि र आधुनिक डिजाइनलाई एकसाथ प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।
तीन नयाँ रङमा ४५० एक्स ओभरटोन्स
नयाँ एथर ४५० एक्स ओभरटोन्स सिरिजमा एथरको ४५० सिरिजको तीक्ष्ण तथा आधुनिक स्वरूपलाई निरन्तरता दिँदै तीन नयाँ रङ स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे प्रस्तुत गरिएको छ ।

रङको विभिन्न तह मिलाएर तयार पारिएको डिजाइन तथा आधुनिक बनावटले स्कुटरको आकर्षण थप बढाएको कम्पनीले जनाएको छ । कार्यक्षमता र प्रदर्शनलाई केन्द्रमा राख्दै नयाँ डिजाइन तयार गरिएको एथरको भनाइ छ ।
म्याजिक ट्विस्टले ब्रेकिङ सहज बनाउने
एथरले ४५० सिरिजमा उपलब्ध गराएको म्याजिक ट्विस्ट सुविधामार्फत चालकले थ्रोटल पछाडितर्फ घुमाएर स्कुटरको गति घटाउन सक्नेछन् । यसले दैनिक यात्राका क्रममा धेरै अवस्थामा ब्रेकको प्रयोग कम गर्न सहयोग गर्नेछ ।

विद्युतीय मोटरमार्फत गति घटाउने क्रममा ऊर्जा पुनः ब्याट्रीमा पठाउने पुनःऊर्जा सञ्चय प्रविधिको प्रयोग हुने कम्पनीले जनाएको छ । पूर्ण रूपमा रोक्न सक्ने गरी काम गर्ने यो सुविधा ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा समेत प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
इन्फिनिट क्रुज र भ्वाइस अन एथर
लामो दूरीको यात्रा तथा स्थिर गतिमा चलाउनुपर्ने अवस्थामा इन्फिनिट क्रुज सुविधाले चालकलाई निरन्तर थ्रोटल दिइरहनुपर्ने आवश्यकता कम गर्नेछ ।
त्यस्तै, एथरस्ट्याक ७.० मा आधारित भ्वाइस अन एथर सुविधामार्फत चालकले मिल्ने ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेट प्रयोग गरी आवाजकै माध्यमबाट स्कुटरसँग अन्तरक्रिया गर्न सक्नेछन् ।
यसबाट गन्तव्य खोज्न, बाटो निर्देशन सुरु गर्न, चार्जिङ केन्द्र पत्ता लगाउन तथा उपलब्ध स्कुटरका केही सेटिङ नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ ।
१० मिनेट चार्ज गर्दा ३० किलोमिटरसम्मको दूरी
एथरले एक्स्पोमा नयाँ ६ किलोवाट क्षमताको द्रुत चार्जर समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त चार्जरले करिब १० मिनेटको चार्जमा ३० किलोमिटरसम्मको यात्रा गर्न पुग्ने ऊर्जा थप्न सक्छ ।
कम्पनीले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा चार्जिङ पूर्वाधारलाई समेत विस्तार गर्ने योजनाअनुसार नयाँ चार्जर प्रस्तुत गरिएको जनाएको छ ।
एथरको प्रारम्भिक मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ
नेपालमा एथर ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै, एथर रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
विभिन्न संस्करण र विशेषताका आधारमा ग्राहकलाई कार्यक्षमतामुखी तथा पारिवारिक प्रयोजनका विद्युतीय स्कुटर उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ ।
एथरको स्कुटर जित्ने अवसर
एथर नेपालले नाइमा मोबिलिटी एक्स्पोमा आगन्तुकका लागि एथर स्कुटर जित्ने अवसरसमेत सार्वजनिक गरेको छ ।
प्रतियोगितामा सहभागी हुन एथर इनर्जी नेपालको फेसबुक, इन्स्टाग्राम र टिकटकका आधिकारिक पेज पछ्याएर एथरको स्टलमा फोटो खिची सामाजिक सञ्जालमा राख्नुपर्नेछ । फोटोमा @AtherEnergyNepal लाई उल्लेख गरी दुई जना साथीलाई समेत ट्याग गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रतियोगिताबाट एक जना भाग्यशाली विजेताले नयाँ एथर स्कुटर प्राप्त गर्नेछन् ।
एथरका अनुसार एक्स्पोमा आगन्तुकले नयाँ ४५० एक्स ओभरटोन्स सिरिजसँगै म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज, भ्वाइस अन एथर र ६ किलोवाटको द्रुत चार्जिङ प्रविधिको प्रत्यक्ष प्रदर्शन हेर्न सक्नेछन् ।
वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले ४५० सिरिजले सुरुदेखि नै कार्यक्षमताको प्रतिनिधित्व गर्दै आएको बताउँदै नयाँ ओभरटोन्सले डिजाइनमा नयाँपन र नयाँ प्रविधिले दैनिक यात्रालाई थप सहज बनाउने बताए ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा उन्नत प्रविधि, गुणस्तरीय प्रयोग अनुभव र विस्तार हुँदै गएको विद्युतीय सवारीसाधनको पारिस्थितिक प्रणालीमार्फत ग्राहकलाई थप सुविधा र आत्मविश्वास प्रदान गर्ने प्रतिबद्धता एथरले जनाएको छ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि