रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२, लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।
मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२, लक्ष्मिनिया निवासी शेख अमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुरौसेदका करिब १० वर्षीय छोरा रौशन खातुन र शेख ओसी अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा सात जना तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा नौ जनाको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा जुटेको छ।
बेपत्ता बालबालिकाको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा नौ सदस्यीय डाइभिङ तथा उद्धार टोली रबर बोर्डसहित घटनास्थलतर्फ पठाइएको सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो।
सुरक्षाकर्मीको टोलीले लालबकैया नदीमा बेपत्ता बालबालिकाको खोजी तथा उद्धार कार्य जारी राखेको छ। समाचार तयार पार्दासम्म तीनै जना बालबालिका फेला पर्न सकेका छैनन्।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि