काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित निर्वाचन आयोगका आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच आगामी निर्वाचनको सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको छ।
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन र निर्वाचनका क्रममा नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटका क्रममा महानिरीक्षक कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।
महानिरीक्षक कार्कीले विद्यमान कानुन तथा निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन सुरक्षासम्बन्धी आफ्नो संगठनले निर्वाह गर्नुपर्ने दायित्वप्रति नेपाल प्रहरी सदैव प्रतिबद्ध रहने स्पष्ट पार्नुभएको थियो।
प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तद्वयले यही साउन १४ गते पदबहाली गर्नुभएको थियो। आगामी निर्वाचनलाई शान्तिपूर्ण, विश्वसनीय र सुरक्षित रूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सुरक्षा निकायसँग समन्वय र छलफललाई अघि बढाइरहेको छ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा