काठमाडौं । सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उहाँको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ । क्यानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
‘सप्तरी जिल्लाका एक कुशल अलराउन्डर तथा प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको असामयिक निधनको खबरले नेपाल क्रिकेट संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ’, क्यानद्वारा जारी वक्तव्यमा भनिएको छ ।
राय सप्तरीका उदाउँदा क्रिकेट खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले जिल्ला तथा क्षेत्रीयस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा देखाउनुभएको थियो ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :