काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ मनोनीत हुनुभएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो ।
दुवैको कार्यकाल चार वर्षको हुनेछ । उहाँहरूलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गर्नुभएको थियो ।







देशका विभिन्न स्थानमा सडक अवरुद्ध,
यस्तो छ आजका लागि कृषि
भैँसेपाटीका मन्त्री आवास असोजभित्रै तयार
राष्ट्रिय उद्योग पुनर्जीवनको दाबी गर्दै
झापामा पुँजीगत खर्च ५१ प्रतिशत
कालीकोटको पलाँता अस्पतालभित्रै डाक्टर र