काठमाडौं । नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधन भएको छ । राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको निधनप्रति नेपाल पत्रकार महासंघले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा निधनमा दुःख र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । लामो समयसम्म पत्रकारितामा योगदान दिनुभएकी राजभण्डारीले सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउँदै आउनुभएको थियो ।






आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट