काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित हुनुभएको छ । बेलायतस्थित एपेक्स हेल्थ केयर सेन्टरले उहाँलाई ‘वेष्ट प्रोफेशनली ड्रेस्ड’ विधाको अवार्ड प्रदान गरेको हो । सन् २००० देखि मोडलिङ क्षेत्रमा सक्रिय तण्डुकारले २००१ मा ‘मिस्टर काठमाडौं’को उपाधि जित्नुभएको थियो ।
उहाँले स्थापना गरेको इभेन्ट बेटर ग्यालेक्सीमार्फत करिब २४ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिता, फेशन शो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।
एक वर्षदेखि परिवारसहित बेलायतमा बस्दै आउनुभएका तण्डुकारले त्यहाँ नेपाली कला, संस्कृति र फेशन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिइरनुभएको छ । उहाँले लण्डनमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी स्थापना गरी विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।







बिपी राजमार्ग चौडा पार्न डिपिआर
चापाकल खरिदमा अनियमितता गरेको आरोपमा
आज यी तरकारी तथा फलफूलको
लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ?
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया
दियालो बङ्गलाबाट २४ लाख राजश्व