काठमाडौं । गायक मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोख्रेलको स्वरमा रहेको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ ‘इन्द्रेणी’मा विमोचन गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसीले गीतको भिडियोको विमोचन गर्नुभएको हो ।
मोतिराज खनालको संगीत तथा किरण पन्थी र खनालको शब्द रहेको गीतमा लक्षु प्रकाश मल्लको संगीत संयोजन र कृष्ण बाजुरालीको रेकर्डिङ तथा मिक्सिङ छ । शिवजी क्षेत्रीको निर्देशन तथा नृत्य निर्देशन रहेको गीतको भिडियोमा भुवन के. पोख्रेल, जुना कार्की, भगवान् भण्डारी, रेणुका बराललगायत कलाकारसँगै विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिता छ ।
तीजको मौलिक संस्कृति, चेलीबेटीको सामूहिक नाचगान र पर्वको खुशीलाई प्रस्तुत गरिएको गीतले पछिल्लो समय तीजगीतमा मौलिकता हराउँदै गएको गुनासोबीच नेपाली संस्कृति र मनोरञ्जनलाई जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या