काठमाडौं । इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड-२०२६)को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ । यही शनिबार काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी आयोजकले तयारी अघि बढाएको हो । इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा हुने अवार्ड पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो ।
यसअघि यसको पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सम्पन्न भएका थिए । समारोहमा अवार्ड वितरणसँगै सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा एलिशा शर्मा, रिहान गिरी, उषा उप्रेती, पल शाह, बाबुल गिरी, समर्पण लामा, कविता नेपाली, झुमा लिम्बु, खुशी कार्की, तेरिया फौजा मगर, दिया मास्के तथा कमेडी दरबार टिमले प्रस्तुति दिनुहुनेछ ।
समारोहका लागि स्टेज सजावट, साउन्ड, लाइटिङ, प्राविधिक व्यवस्थापन तथा अतिथि स्वागतलगायत काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अवार्डमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गरिनेछ । अवार्डको तयारीका लागि इन्फा यूकेका अध्यक्ष उमेशराज मोक्तानसहित बोर्ड निर्देशकहरू टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल काठमाडौं आउनुभएको छ ।
इन्फा नेपालका अध्यक्ष सुनील श्रेष्ठ तथा बोर्ड निर्देशकहरू मनिष कार्की र मनोज केसी पनि तयारीमा सक्रिय हुनुहुन्छ । आयोजकले इन्फा अवार्डलाई पुरस्कार वितरणमा मात्र सीमित नराखी नेपाली फिल्म, भाषा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा