काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउनेछन् ।
जसअनुसार हालको आधारदरमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बताइएको छ । साथै, बैंकले नाइमा अटो एक्स्पोमा नयाँ इभी गाडी किन्ने ग्राहकका लागि तीन वर्षका लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । तीन वर्षपछि उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम दुई प्रतिशत प्रिमियम थप हुनेछ ।
साथै, ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ । ग्राहकले कागजपत्र पूरा गरेपछि बैंकले गाडी किन्न अधिकतम् तीन दिनमै स्वीकृतिपत्रसमेत प्रदान गर्ने जनाएको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन