यतिखेरको नेपालको राजनीतिक वृत्त यति तरंगित भएको छ कि कुनैको पनि र कसैले पनि यसै हो भनेर भन्न सकिरहेको अवस्था छैन, किनकि हरेक घरमा भाँडभैलो मच्चिएकै छ । तर, भाँड मच्चाउने सत्ताबाहिरकासँग त कहाँसम्म पुग्न भाँड मच्चाइरहेका छौं भन्ने थाहामात्र होइन सत्तामा बसेर सत्ताको अपुताली स्याहार्ने दलमा समेत हामीकहाँ र कति कता केका लागि सत्ता हाँकिरहेका छौं स्पष्ट खाका र टुंग्गो भएको देखिँदैन । लुटेको सत्ता र धनसम्पत्ति कसरी प्रयोग गर्न उपयोग गर्ने र कताकता कहाँ कुन गहना लगाउने भन्ने ज्ञान हुँदैन । किनकि उसले त लुटेको हो नि आफ्नो र चिनेजानेको त होइन । तसर्थ सत्ताधारी रास्वपा पनि अन्योलमा छ ।
जसरी जसको सम्पत्ति हिंसाको बाटोबाट कान्छा भाइ धीरसमशेरका छोराहरू वीरसमशेरलगायतले सत्ता-सम्पत्ति दुवै लुटे तर गहना लाउन नजानेर गोडामा लाउने हातमा र हातमा लाउने गोडामा, कानमा लाउने नाकमा, नाकमा लाउने कानमा लगाएर नयाँ महाराज वीरशमशेर कहाँ नजराना राख्न जाँदा महाराज हाँस्दाहाँस्दै झन्दै सर्किएर मरेनन् । एक भाइले भने दाजु हजुर किन यस्तरी हाँसिबक्सियो ? हामीले पनि कारण थाहा पाउन मिल्थ्यो कि ? महाराजभन्दा भाइ हेर ! लुट्न जति सजिलो हुनेरैछ । त्यसको धेरै गुणा उपयोग गर्न लाउन गाह्रो हुनेरहेछ । हेर त हामीले जंग खलका लुटेका गहना कहाँ कसरी ? लगाएका छौं, लुट्न जान्दा लाउन नि जान्नुपर्यो नि भनेर बेस्सरी रिसाएर जाऊ धाई र हजुरीयाहरूलाई सोधेर सिकेर लाएर आऊ भनेर नजराना नलिई फिर्ता पठाइदिए भनिन्छ ।
अहिले त्यही हविगत सत्तासीन दललाई भएको छ । यस्तो अरूलाई पनि हुन्छ जग जाहेर छ । मिडियासँग रेकर्ड छ । २०६५ को एकलछत्र चुनावले प्रचण्ड सत्तामा पुगे, सोच्दै नसोचेको पद हात लाग्यो झण्डै बेहोस् भएनन् । मिडियाकर्मीले सोध्दा पत्रकार सम्मेलनमा म बोल्नै सकेको छैन भनेर रोकिए रोकिदिए । हौसिन पुगे । चिट्ठा पर्दा मान्छे मरेझैँ मर्न पनि सक्छन् । यस्तो अपुताली स्याहार्दा वा लुटेर अलओल्ले आर्जन गर्दा एउटा शक्ति सत्तामा हुन्छ अरूले उसका टाउकामा मजैले गिर खेल्छन् । यो पनि हेक्का राख्नैपर्छ । हालको कांग्रेसमा टड्कारो देखिएको बिग्रह हो । अर्काले टाउको थापोस् आफूले ठोक्न पाइयोस् त्यो दोष अर्कालाई मोज आफूलाई हुनेगरी खेल्न त अति मजा पो हुन्छ नि त । आज त्यही भएको छ । बिग्रेको जति अपजस अब शशांक सप्रेको जति जस अरू पाँच भाइलाई दामासाहीले ।
नेपाली कांग्रेसलाई मजबुत संगठनको दिशामा लाने हो भने अहिलेको संस्थापन पक्षले इतर पक्षलाई जसरी पनि जुन कुनै हिसाबले पनि समेट्नु र स्थान दिनुपर्छ । दिइएको स्थानमा नगई ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अड्डी लिइरहने हो भने बाहिरी भनिएका पक्ष नै पनि कांग्रेसलाई धराशायी बनाउनतिर रहेछन् भनेर किन नभन्ने ?
कुनै पनि कुराको अवधि हुन्छ । कोइराला परिवारको एक शताब्दी सुशील कोइरालाको रहस्यमय मृत्युसँगै एक प्रकारले समाप्ति भएकै हो कि ? भनिहाल्न नभएको मात्रै हो । किनकि ओदाने तीन टाउका डा.शेखर, डा.शशांक र सुजाता संयोग कस्तो तीनवटै ‘स कारका परेका छन्, श, श, स । यो पनि राम्रो संकेत कदापि होइन । सुशील छउन्जेल चार स’ उनी गएपछि यी तीनवटैले एक परिवार एउटै विरासत जेठा शेखर हुन् उनैलाई प्राथमिक चरणमा अगाडि सारौं भन्ने आफैंभित्र पनि सहमति गर्न सकेनन् वा गरेनन् । होला धेरै थोरै तर यी तीनवटै बहकाउमा लागे बुष्टर ग्रुपको र तँभन्दा म के कम भन्ने अभिमानको सुर्ती खाए आत्मसमीक्षा गर्दै गरेनन् ।
त्यसैले परात्माले यिनका टाउकामा गिर खेले यिनीहरूमध्ये कति त नराम्रोसँग जिप्टिएका छन्, अझै जिप्टिँदैछन् । पहिलो चक्कर कांग्रेसको यही वृत्तमा चक्रव्यूह बनेर गयो । पछिल्लो चरणमा आएर सुजाताले संस्थापन पक्षमा आफ्नो धारणा व्यक्त गरिसक्नु भएको छ भने शेखर इतर पक्षमा नउभिई मध्यस्थ गर्दै हुनुहुन्छ तर शशांक ‘नरुचेको गाँस नैं नैं गाडा खा’भनेझैँ अरूलाई महाभारत भएपछि शशांकलाई बीपीपुत्रको रूपमा रामवाँण बनाएका छन् आफ्ना स्वार्थ स्द्धि गर्न । त्यसैले बुझ्नेले कुरा नबुझेपछि कसका बाउको के लाग्छ ? भित्री मर्म शेखर र सुजातामा पनि परेको छ शशांक यसरी घनौटो भइदिँदा ।
किन शेरबहादुरले दिएको पूर्णबहादुरले लिएको कांग्रेसको भार स्वयं खड्काकाजीले थाम्न सकेनन् वा गुठियार भाइहरूले थाम्न सक्दैनस् भने ? वा पार्टी फुटाएको दोष लिने हिम्मत नभएको ? भेला गराउनमै गोडा कापेको ? कि माथिको निर्देशन शिरोपर गरेको ? कोइराला परिवारबाहेक अरूले यो पत्थरकला थाम्नै सक्दैनन् भन्ने भो ? वा आए आँप गए झटारो गरेको अथवा ‘बाँचे मेरो पोइ मरे सासूको छोरा’ भन्नेमा छ भाइपुगेको ? खैर जे होस् शशांक कमजोर देखिए अनि उता अरूलाई देखाउने सो कार्ड बीपीपुत्र भनेर तिकडमबाजी भनौं कि कूटनीति गरेको बुझेनन् ? यी सबै कुरा कसैले छोप्दैमा अब छोपिनेवाला छैन । याद राखौं जति नै राम्रो र इज्जतिलो भए नि मलमलको कपडा भिजेपछि कुनै अंग पनि छोपिँदैन ।
अब यो रोइलो समूह इज्जतिलो तर भिजेको मलमलको पोशाक भइसकेकाले इज्जत थाम्न र सम्मान लिन संस्थापन पक्षको नबोल्ने देवता याने उच्चस्थ नेता भएर थपक्क बस्नुमै श्रेय होला नेताजीहरू, नेता नै भएर बसिदिनुहोस् दोबाटामा गोडा बजारेर मेलामा गइसकेकी आमालाई हेर्दै नपच्छ्याउनु नै बेस होला ? हामीले भनेको लाग्छ भने छाडिदिनुहोस् एउटा सोझो छक्कापञ्जा तपाईंहरूले झैँ नजानेको डाक्टरको थाप्लामा गिर खेल्न ।
हुन त अर्काको हातको पावर आफूले मनोमानी ढंगले खेलाउन पाउनुको मजा ‘छिमेकीको खोरिया आफ्नो दरिया ‘बनाएको भन्दा पनि मजा हुन्छ । किनभने राम्रो भए जस आफूलाई बिग्रेको दोष जति भार थाम्नेलाई यो पनि यहाँहरूको मनभित्रको कुरा होला । हो पनि विग्रह/विद्रोह सफल भए नि हाम्रै हातमा आउने असफल भए बीपीको छोराको इज्जत जाने आफूहरू चोखै बस्न पाइँने यो सबै प्रपञ्चबाट बिग्रहमा जानुभएको हो । पूर्ण सफलता देखेको भए पूर्ण नै हुन्थे नि किन दिने पोर्ट फोलियोमा पनि हिजो नराखेको मान्छेलाई । अरूले त छ भाइको पगरीभित्र पनि आफ्नै जप र माला बनाइरहेकै छन् । त्यो पनि भन्नुपर्छ र भनेजस्तै हो तर हेक्का राखौं पानीभित्र कोही पनि ओभानो रहन सक्नुहुन्न यो पनि सत्य हो ।
एक रुपैयाँ, एक-एक एक रुपैयाँ सयवटा जम्मा गरे कति हुन्छ सय, अब भन्नुस् सय-सय-सय हजारवटा जम्मा गरे कति हुन्छ ? एक हजार अब भन्नुस् हजार–हजारबाट लाख जति नै धेरै भए अर्बौं भए नि त्यसको आधार कुन हो के हो ? पैसा-पैसामात्र होइन मित्र एक पैसा हो जसको आधार एउटै एक नै हो । एक एक गरेर जम्मा गरे धेर हुन्छ तर आधार एक नै हो जति ठूलो संख्या भए नि त्यसैले हामीले संगठन गर्दा त्यो एउटा त हो त्यसलाई छाडे नि हुन्छ, त्यो नभए नि हुन्छ भन्नुहुँदैन ।
संगठन मजबुत गर्न व्यक्तिको ज्यादै ठूलो महत्त्व हुन्छ । व्यक्ति व्यक्ति मिलेर नै संगठन बन्ने हो । एक नै सयको सय हजारको हजार नै लाखको आधार हो । त्यसको जग त एक नै हो । यसबारेमा महात्मा गान्धीले अंग्रेजबाट भारतलाई स्वतन्त्र गराउन सुरु गरिएको संगठनसम्बन्धी एउटा कुरा राजनीतिक वा कुनै पनि संगठन गर्नेले सम्झनै पर्ने कुरा हो यो । संगठन कसरी मजबुत बनाउने भन्ने विषयमै मिटिङ थियो । महात्मा गान्धी बाटोमा जाँदै गर्दा बाटोमा एक पाई (एक पैसा) देख्नुभयो र टपक्क पैसा टिपेर हातमा लिएर सरासर मिटिङमा पस्नुभयो ।
गान्धीको प्रवेशसँगै मिटिङ सुरु भयो । अजेण्डा थियो संगठन कसरी गर्ने र मजबुत बनाउने । उपस्थित नेताहरूले पालैपालो आ-आफ्नो कुरा राख्दै गए । सबैले कुरा राखिसकेपछि गान्धीजीको पालो आयो । उहाँले उठेर हातमा त्यो एक पैसा लिएर हात पसार्दै देखाउनुभयो । अनि सबैलाई देखाएर भन्नुभयो, के देख्नुभयो ? कसैले भने एक पैसा, कसैले भने एक पाई । हो यो एक पैसा वा एक पाई हो । हेर्नुस् मित्रहरू यो एक-एक पैसा जम्मा गर्यौं भने कति हुन्छ ?
एक रुपैयाँ, एक-एक एक रुपैयाँ सयवटा जम्मा गरे कति हुन्छ सय, अब भन्नुस् सय-सय-सय हजारवटा जम्मा गरे कति हुन्छ ? एक हजार अब भन्नुस् हजार–हजारबाट लाख जति नै धेरै भए अर्बौं भए नि त्यसको आधार कुन हो के हो ? पैसा-पैसामात्र होइन मित्र एक पैसा हो जसको आधार एउटै एक नै हो । एक एक गरेर जम्मा गरे धेर हुन्छ तर आधार एक नै हो जति ठूलो संख्या भए नि त्यसैले हामीले संगठन गर्दा त्यो एउटा त हो त्यसलाई छाडे नि हुन्छ, त्यो नभए नि हुन्छ भन्नुहुँदैन ।
त्यसो गरेमा किमार्थ संगठन मजबुत हुँदैन । एक-एक गरेर संगठनमा आबद्ध गरौं तसर्थ सबैले एक व्यक्तिको महत्त्व पूरा संगठन मजबुत बनाउनमा हुन्छ । तसर्थ त्यो गए नि जावस् नआए नि नआवोस् भन्न कदापि हुँदैन । त्यसो गरे संगठन मजबुत बन्दैन । अहिले संस्थापनको नाममा केही अबुझहरू यही भनिरहेका छन् किनकि तिनले संगठनको आधार व्यक्ति हो भन्ने कुरा नबुझेरै त्यसो भनिरहेका छन् । व्यक्ति व्यक्ति मिलेर नै संगठन बन्ने हो । कसैलाई पनि व्यक्ति ल्याएर संगठन मजबुत हुँदैन, बन्दैन । नेतृत्व सफल हुँदैन । तसर्थ व्यक्ति समेटौं संगठन बनाऔं ।
हिजो संस्थापन पक्ष भनिएका आज विशेष महाधिवेशनपछि बाहिर छन् । हिजो आफूलाई संस्थापन पक्षले अलग्यायो भन्नेहरू अहिले आफूले अलग्याइयो, छाडियो, स्थान, मान, सम्मान दिइएन भने हिजो नपाउँदा आफूलाई जस्तो लागेको थियो के आज अरूलाई लाग्दैन र ? तसर्थ जो अहिले मानका खातिर स्थानका लागि घुर्की, धम्की नै गरिरहेको भए पनि हिजो जुन संघर्ष र त्याग गरे यो तिनै विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, शशंक, कृष्ण सिटौला र क्याडरका पुस्ता आदिलाई स्थान नदिएर पन्छाइरहने पन्छिने गरियो भने हिजो आफूले भोगेको बिर्सिए पनि सधैं त आफू पनि सत्ता र शक्तिमा रहिँदैन । ‘जुन वाँण श्रवणलाई सोही वाँण दशरथलाई’ अवश्य हुन्छ । गलत ट्रेन बस्छ जस्ले गर्दा संगठन मजबुत कहिल्यै हुँदैन आफ्नै आन्तरिक कारणले ।
तसर्थ नेपाली कांग्रेसलाई मजबुत संगठनको दिशामा लाने हो भने अहिलेको संस्थापन पक्षले इतर पक्षलाई जसरी पनि जुन कुनै हिसाबले पनि समेट्नु र स्थान दिनुपर्छ । दिइएको स्थानमा नगई ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अड्डी लिइरहने हो भने बाहिरी भनिएका पक्ष नै पनि कांग्रेसलाई धराशायी बनाउनतिर रहेछन् भनेर किन नभन्ने ? संस्थापन पक्षले नै यसको जिम्मेवारी लिनुपर्छ साथै इतरले पनि ‘बिन्ती त बिन्ती जुँगै समाई बिन्ती’ गर्नु पनि हुँदैन । दुबै पक्षले केही दिने केही लिनेमै समझदारी गर्नुपर्छ । मिल्ने भनेको लिने दिने-गिभ एन्ड टेक नै हो । जे जसरी होस् कांग्रेस बँचाउने जिम्मा दुबै पक्षको छ । यो पनि हेक्का राखौं नबिर्सौं ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या