काठमाडौं । सरकारले सामाजिक सञ्जालसहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानी पुग्नेगरी अपमानजनक, झुटा वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ । यस्तो कार्य गरेमा कानुनबमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत मानहानि तथा गाली बेइज्जतीसम्बन्धी कानुनी प्रावधानबारे सर्वसाधारणलाई सचेत गराउन सन्देश जारी गरेको हो । मन्त्रालयले जारी गरेको सन्देशमा कसैलाई होच्याउने नियतले बोली वा वचनमार्फत अपमानजनक शब्द प्रयोग गर्नुलाई ‘गाली’ मानिने उल्लेख छ । त्यसैगरी, कसैको इज्जत, चरित्र, आचरण वा ख्यातिमा आँच पुग्नेगरी कुनै आरोप लगाउनु वा त्यस्ता विषयको प्रचार–प्रसार गर्नुलाई ‘बेइज्जती’को श्रेणीमा राखिएको छ ।
मन्त्रालयका अनुसार यस्तो कानुनी व्यवस्था जीवित व्यक्तिको हकमा मात्र सीमित छैन । कुनै मृतकका सम्बन्धमा समेत परिवार वा नातेदारको भावनामा चोट पुग्नेगरी आरोप लगाउने वा अपमानजनक सामग्री सम्प्रेषण गर्ने कार्यलाई बेइज्जती मानिनेछ । यस्ता कार्य गर्ने जोसुकै व्यक्ति पनि कानुनको दायरामा आउने मन्त्रालयले जनाएको छ ।
प्रयोगमा सावधानी अपनाउन अनुरोध
पछिल्लो समय सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम तिव्र रूपमा बढिरहेको सन्दर्भमा मन्त्रालयले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेको सन्देशमा सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य कुनै पनि माध्यमबाट कसैलाई अपमान गर्ने, आधारहीन आरोप लगाउने वा प्रतिष्ठामा हानि पुग्ने सामग्री फैलाउने कार्य कानूनी कसूर हुन सक्ने उल्लेख गरेको छ ।
मुलुकी अपराध संहितामा सजायको व्यवस्था
मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ देखि ३०८ सम्म गाली र बेइज्जती सम्बन्धी प्रावधान रहेको उल्लेख गर्दै कसूरको प्रकृति हेरी सजाय र जरिबानाको व्यवस्था रहेको जानकारी दिएको छ । मन्त्रालयले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको सम्मान, प्रतिष्ठा र मर्यादामा समेत ध्यान दिन समेत अनुरोध गरेको छ । सामाजिक सञ्जालमा कुनै सामग्री सार्वजनिक गर्नुअघि त्यसको सत्यता र त्यसबाट पर्न सक्ने प्रभावबारे विचार गर्न तथा जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन मन्त्रालयले अपिल गरेको छ । नागरिकलाई आफ्ना विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको सम्मान, प्रतिष्ठा र मर्यादामा आँच नपुग्ने गरी मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरेको छ ।
सरकारले बारम्बार यस सम्बन्धी नियमहरू बनाएता पनि त्यसको प्रभावकारी प्रालना भएको देखिँदैन्, जसकाकारण पछिल्लो समय सामाजिक सञ्जालमा आधारहीन आरोप, अपमानजनक टिप्पणी तथा व्यक्तिको प्रतिष्ठामा असर पार्ने सामग्री सार्वजनिक गर्ने क्रम तिव्र रुपमा बढेको छ । सो कारण मन्त्रालयले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य कुनै माध्यमबाट कसैलाई अपमान गर्ने, झुटा आरोप लगाउने वा प्रतिष्ठामा क्षति पुग्ने सामग्री फैलाउने कार्य कानुनी कसूर हुन सक्ने मन्त्रालयले जनाएको छ ।






आइडाद्वारा एमआइएइडी कार्यक्रम सुरु
घरको नक्सा डिजाइनमा ३३ प्रतिशत
केएमसीमा साउन २४ गते ‘जब
ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना