भक्तपुर । सांस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले आज परम्परागत ‘गथांमुगः चःह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ ।
पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नर्कट र छ्वालीबाट निर्मित घण्टाकर्णको पुत्ला उभ्याइएको थियो । स्थानीय बासिन्दाहरूले आ-आफ्नो घर सफा गर्ने र मन्त्र जप गरी फलामको औंठी लगाउने जस्ता विधिहरू सम्पन्न गरेका छन् ।
विशेष गरी रोपाइँ सकिएपछि खेतीपातीका क्रममा लागेका हिलो र फोहोरसँगै नकारात्मक ऊर्जालाई बिदा गर्ने प्रतीकका रूपमा यस पर्वलाई लिइन्छ । साँझपख तयार गरिएको पुत्लालाई स्थानीय खोला वा दोबाटोमा लगेर जलाउने वा विसर्जन गरिएको छ ।
















दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७