काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठनका लागि नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेकपा (मसाल) बीच सहकार्य गर्ने सहमति भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का अध्यक्ष मोहनविक्रम सिंहले सोमबार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।
सहमतिपत्रमा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा तीन दलबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा समेत सहकार्य गर्ने सहमति भएको जनाइएको छ।
तीन दलबीचको सहमतिले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नयाँ राजनीतिक समीकरण बनेको छ।








ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
न्यायपालिकाको स्वतन्त्रता संकटमा