काठमाडौं । स्वीकारोक्ति फाउण्डेशनले आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा स्वीकारोक्ति दर्शनसम्बन्धी दार्शनिक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीपछि साहित्यकारहरू चन्द्रागिरितर्फ प्रस्थान गरी ‘स्वीकारोक्ति प्रसन्न दिवस’ को ‘स्वीकारोक्ति प्रसन्न यात्रा’ मा सहभागी भएका थिए । दिवसका अवसरमा आयोजित चियापान, बहस तथा अन्तर्क्रियामा स्वीकारोक्ति दर्शनका प्रतिपादक डोन्जोम साम्पाङले दर्शनको अवधारणा र यसको सामाजिक महत्त्वबारे धारणा राख्नुभएको थियो ।
साम्पाङका अनुसार ‘स्वीकारोक्ति प्रसन्न दिवस’ आफ्नो अस्तित्वलाई स्वीकार गर्दै मानव मूल्य, संवेदना, सिर्जनशीलता र न्यायपूर्ण सहअस्तित्वको चेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने दिवस हो । कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल, रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक तथा विद्यावारिधिका शोधार्थी अम्बरदोज लामा, कवि तथा अनुवादक विप्लव प्रतीक, अञ्जना इछमफूल, सन्ध्या पहाडी, कृष्ण भुसाल, प्रगति राई, बिमला तुम्खेवालगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
त्यसैगरी, स्वीकारोक्ति दर्शनका प्रणेता डोन्जोम साम्पाङ, स्वीकारोक्ति फाउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष डा.भक्त राई, दर्शनका अभियन्ता तथा स्वाकोरोक्ति फाउण्डेशनका अन्तर्राष्ट्रिय सम्पर्क समन्वय प्रमुख कर्ण गुरुङ, फाउण्डेशनको साहित्य विभाग प्रमुख दीपा राई पुन तथा नेपाल च्याप्टरका अभियन्ता उत्सव नेपाललगायतका सहभागी हुनुहुन्थ्यो ।
‘स्वाकोरोक्ति दर्शन र संकृतिको भिन्नतलाइ प्रष्ट पार्दै नेपाल च्याप्टरका अध्यक्ष डा.भक्त राईले साहित्यकारहरूको जिज्ञासा र प्रतिउत्तरलाई सम्बोधन गर्नुभयो । त्यसपछि, चन्द्रागिरितर्फको यात्राका क्रममा १७ जना साहित्यकारबीच सिर्जना आदानप्रदान तथा साहित्यिक अन्तर्क्रिया गरिएको थियो ।
साथमा, वरिष्ठ कवि तथा प्राज्ञ बाबा बस्नेत, पत्रकार अखण्ड भण्डारी, साहित्यकार रीता खत्री, हाँस्य कलाकार शिला बोजु, सञ्चारकर्मी बालगोपाल आशुतोष, फोटो कवि तथा भ्लगर इनुमा राई, नेपाली साहित्यका संयोजक अर्जुन उप्रेतीलगायत स्रष्टा तथा द्रष्टाहरूको पनि सहभागिता रहेको थियो । दार्शनिक भ्रमणका क्रममा साहित्य, दर्शन, सिर्जना र जीवनबारे अनौपचारिक संवाद तथा विचार आदानप्रदानसमेत गरिएको स्वाकोरोक्ति च्याप्टर नेपालका अध्यक्ष डा.भक्त राइले जनाउनुभयो ।
भ्रमण टोलीका लागि साहित्यकार दीपा राई पुन र आमा विमला राइले थानकोटस्थित आफ्नो ‘ह्याप्पी होम’मा विशेष आतिथ्यसहित नेपाली भोजको आयोजना गर्नुभएको थियो । गोष्ठी तथा भ्रमणलाई स्वीकारोक्ति दर्शन, साहित्य र सिर्जनालाई सामूहिक संवाद तथा सहयात्रासँग जोड्ने विशेष कार्यक्रमका रूपमा लिइएको कवि दीपा पुन राईले जानकारी दिनु भयो ।
कार्यक्रमको अन्त्यमा वरिष्ठ साहित्यकार तथा मुन्धुम संस्कृतिविद् वैरागी काइँलालाई स्वाकारोक्ति फाउडेसन र सहभागी साहित्यकारले सामूहिक रूपमा जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।






सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः
‘प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव
पाल्पामा पर्यटकीयस्थलहरुको प्रचार– प्रसार गर्न