काठमाडौं । साहित्यकार विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्मका रूपमा दर्शकमाझ आउने भएको छ । निर्माता प्रदीप कुमार उदयले पी.आर.सिनेमा प्रालिको ब्यानरमा उपन्यासलाई चलचित्रमा रूपान्तरण गर्ने तयारी अघि बढाउनुभएको हो ।
चलचित्रको पटकथा लेखनको जिम्मेवारी सामिप्य तिमल्सिनाले पाउनुभएको छ भने निर्देशन ऋषि लामिछानेले गर्नुहुनेछ । तिमल्सिनाले आफूलाई मन परेको साहित्यिक कृतिलाई पर्दामा रूपान्तरण गर्ने अवसर पाउनु विशेष भएको बताउनुभयो । लामिछाने र तिमल्सिनाको यो तेस्रो सहकार्य हुनेछ ।
पितृसत्तात्मक समाजमा महिलाले भोग्ने विभेद, उत्पीडन, संघर्ष, आत्मसम्मान र विद्रोहलाई केन्द्रमा राखिएको ‘अनुराधा’लाई चलचित्रमा सामाजिक, राजनीतिक, सांस्कृतिक तथा शैक्षिक सन्देशसहित प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । उपन्यासकार मल्ललाई परियोजनामा लेखकका रूपमा राखिएको छ ।
चलचित्र विकास बोर्डबाट निर्माण अनुमति प्राप्त भइसकेको यस चलचित्रको कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया जारी रहेको र छायांकन तालिकालगायत विवरण क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै