काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘मन बिनाको धन-२’मा मोडल तथा नायक प्रभात पाल ठकुरी अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले मंगलबार ठकुरीलाई औपचारिक रूपमा सिनेमामा अनुबन्ध गरिएको जानकारी दिएको हो ।
दर्जनौँ सफल म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरिसक्नुभएका ठकुरी पछिल्लो समय ठूलो पर्दामा सफलताको खोजीमा हुनुहुन्छ । अब्बल अभिनयका कारण दर्शकको प्रशंसा बटुल्दै आउनुभएका उहाँलाई ‘मन बिनाको धन-२’ महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । व्यवसायिक रूपमा सफल सिनेमा ठकुरीको करियरका लागि महत्त्वपूर्ण मोड बन्न सक्ने निर्माण पक्षको विश्वास छ ।
चलचित्रमा ठकुरीसँगै वरिष्ठ कलाकारहरूको समेत बलियो उपस्थिति रहने भएको छ । निर्माण पक्षका अनुसार मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, लक्ष्मी गिरी, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ, निर्मल शर्मा, राम ठाकुर र शंकर श्रेष्ठलगायत कलाकारसँग सम्झौता भइसकेको छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रको कथा निर्देशक बुढाथोकी स्वयंले तयार पार्नुभएको हो । पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको छ । चलचित्रको गीत-संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ । चलचित्रको निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुनुहुन्छ ।
प्राविधिकतर्फ नरेन्द्र मैनालीले छायांकन गर्नुहुनेछ । कोरियोग्राफीको जिम्मेवारी कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टले सम्हाल्नुहुनेछ भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नुहुने छ । अनुभवी तथा लोकप्रिय कलाकारहरूको ठूलो समूहलाई एकै ठाउँमा प्रस्तुत गर्न लागिएको ‘मन बिनाको धन-२’लाई निर्माण पक्षले मनोरञ्जनसँगै बलियो कथावस्तुमा आधारित चलचित्रका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :