काठमाडौं । ‘दीपल प्रिजेन्स मिस युनिभर्स नेपाल-२०२६’ का लागि २५ प्रतियोगी छनोट भएका छन् । होटल सोल्टीमा आयोजित कार्यक्रममा आयोजकले फाइनल प्रतियोगी सार्वजनिक गर्दै उनीहरूलाई आधिकारिक स्यास वितरण गरेको हो ।
स्यास समारोहमा प्रतियोगीहरूले आत्मविश्वास, व्यक्तित्व तथा प्रतिभा प्रस्तुत गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताले नेपाली प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अवसर प्रदान गर्नुका साथै महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणमा जोड दिँदै आएको छ ।
फाइनलका लागि छनोट भएका प्रतियोगीले अब विशेष तालिम, मेन्टरसिप तथा व्यक्तित्व विकास कार्यक्रममा सहभागिता जनाउनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर ६ मा होटल सोल्टीमै आयोजना हुने आयोजकले जनाएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा