काठमाडौं । म्यानमारमा मंगलबार राति सम्पन्न ‘मिसेस ग्राण्ड इन्टरनेसनल–२०२६’ मा नेपालले दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । नेपालको प्रतिनिधित्व गर्नुभएकी प्रतिक्षा थापाले ‘मिसेस ग्राण्ड ग्लोबल-२०२६’ को उपाधिसहित ‘मिसेस ग्ल्यामर-२०२६’ को अवार्डसमेत चुम्नुभएको हो । आत्मविश्वास, शालीनता र प्रभावशाली प्रस्तुतिमार्फत थापाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको हो ।
यसै प्रतियोगितामा नेपालका लागि नेसनल डाइरेक्टर तथा मिसेज भोग नेपालकी संस्थापक ओसिमा बानुले ‘वेष्ट नेसनल डाइरेक्टर-२०२६’ को अवार्ड प्राप्त गर्नुभयो ।
नेपाली प्रतिनिधिको छनोट, तयारी तथा अन्तर्राष्ट्रिय सहभागितामा पुर्याएको योगदानको कदरस्वरूप बानुलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ । थापाको दोहोरो उपाधि र बानुको सम्मानलाई नेपाली सौन्दर्य तथा फेशन क्षेत्रका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा लिइएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा