ललितपुर । एप्पल इन्टरटेन्मेन्टले हरर फिल्म ‘भिडियोटेप’ निर्माण गर्ने घोषणा गरेको छ । ललितपुरको लबिम मलस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरिएको हो ।
ओविद उद्दिनको निर्देशनमा बन्ने चलचित्रको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङबाट सुरु हुनेछ । ३० दिनको छायांकन तालिका रहेको चलचित्रमा उपासना सिंह ठकुरी र कुन्दनमान शाक्य मुख्य भूमिकामा हुनुहुन्छ । अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहने जनाइएको छ ।
वशिष्ट प्रधान डिओपी तथा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेको चलचित्रको मुख्य सहायक निर्देशन महेश बरालले गर्नुहुनेछ । निर्देशक उद्दिनले ‘भिडियोटेप’ काल्पनिक कथामा आधारित हरर फिल्म भएको र यसको कथा कुनै वास्तविक घटनासँग सम्बन्धित नरहेको बताउनुभयो ।
अभिनेत्री उपासनाले एक वर्षदेखि चलचित्रबारे छलफल हुँदै आएको भन्दै कथावस्तु राम्रो भएकाले आफू उत्साहित रहेको बताउनुभयो । एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन आग्रह गर्नुभयो ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै