काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा संसदीय छलफलमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।
बुधवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका प्रहरी कर्मचारीमाथि बिना आधार जथाभाबी आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभयो।
बैठकमा नेपाल प्रहरीमाथि सांसदहरूले विभिन्न आरोप लगाएपछि प्रतिक्रिया दिँदै कार्कीले उजुरी परेका विषयमा अनुसन्धान र सोधपुछ हुनुपर्ने भए पनि त्यसका लागि संसदीय अभ्यासभित्रै व्यवस्थित प्रक्रिया रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मीठो कुरा गरेको यहाँ सुन्न पाइयो। घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेको बीचमा बडा दूधले नुहाएका कुरा सुनिन्छ।’
कार्कीले निष्ठापूर्वक काम गरिरहेका कर्मचारीलाई बैठकमा बोलाएर जथाभावी आरोप लगाउनु उचित नभएको बताउनुभयो।
‘आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई ल्याएर, यहाँ ल्याएर जथाभाबी भन्या छ। जे मन लाग्यो त्यही भन्नु त उचित होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि ?’ उहाँले भन्नुभयो।
बैठकमा प्रस्तुत हुने आरोप तथा अभिव्यक्तिले कर्मचारीको मनोबलमा समेत असर पार्न सक्ने उहाँको भनाइ थियो। कार्कीले संसदीय छलफलमा शिष्टता र संस्थागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले थप भन्नुभयो, ‘सजिलो चाहिँ गालीगलौज गर्ने रहेछ मञ्चमा बसेर । त्यो सिक्न पाए हुन्थ्यो। यो हुर्मत लिने किसिमको यो परिस्थिति एउटा यो सभ्यताको हिसाबले पनि, संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन।’
आईजीपी कार्कीले प्रहरी प्रशासनमाथि परेका उजुरीमाथि छानबिन हुनुपर्ने कुरामा आफूहरूको कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो।
‘उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठीक छ। तर त्यसका पनि व्यवस्थित तरिकाहरू छन् संसदीय अभ्यासका कुराहरू भित्र पनि।’ उहाँले भन्नुभयो।
उहाँले नेपाल प्रहरीलाई राजनीतिक प्रतिपक्षका रूपमा प्रस्तुत गर्न नहुनेसमेत बताउनुभयो। ‘हामी प्रहरी मात्रै होइन, हामी मुलुककै प्रतिपक्ष पनि होइनौँ,’ कार्कीले भन्नुभयो।







न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार