काठमाडौं । नेपालस्थित प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको जनाएको छ । एक्स्पोमा हल ‘बी’ स्थित स्टल ‘एल-६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिने बताइएको छ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको र एक्स्पोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको कम्पनीको दाबी छ ।
सेग्मेन्टमै पहिलोपटक रियर-ह्विल-ड्राइभ प्लेटफर्ममा आधारित गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रण सुविधा रहेको छ । उल्लेखित विशेषताले व्यस्त शहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका अनुसार इ.मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । जसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । अन्य विशेषतामा रियर मल्टि-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, तीन सय ७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दूरी र जि-ट्रयाक्सन कन्ट्रोल सिस्टमजस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ । त्यसैगरी ४.९५ मिटर काटर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर-ह्विल ड्राइभ प्रणाली, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल-टु-लोड (भिटुएल) जस्ता प्रविधि उपलब्ध छन् ।
त्यस्तै प्रिमियम भेरियन्टमा ८५ किलोवाटको ११-इन-१ इलेक्ट्रिक मोटर र पावर्ड टेलगेट, ३६०-डिग्री क्यामेरा जस्ता उत्कृष्ट सुविधाहरू रहेका कम्पनीले जनाएको छ । प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुर्ई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले जसको अद्यावधिक बजार मूल्य प्राइम भेरियन्टका लागि ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टका लागि ३६ लाख ९९ हजार निर्धारण गरेको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,